-->
नेपालको आन्तरिक मामिलामा अनावश्यक चाँसो नराख्न भारत र युरोपेली मुलुकहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी
Advertisement

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामिलामा अनावश्यक चाँसो नराख्न भारत र युरोपेली मुलुकहरुलाई चेतावनी
दिएका छन् ।
नेपालको संविधान अपूर्ण भएको भन्दै भारत र युरोपेली युनियनले संयुक्त वक्तव्य जारी गरेपछि त्यसको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।
बेल्जियमको ब्रसेल्समा आयोजित भारत-ईयु शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यको १७ औं नम्बर बुँदामा नेपालको नयाँ संंविधान अपूर्ण रहेको भन्दै संविधानका मिल्न बाँकी मुद्दाहरु समयसीमा तोकेर हल गर्न भनिएको छ।
उक्त संयुक्त वक्तव्यको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक मामिला सम्बोधन गर्न नेपाल आफैं सक्षम रहेको बताएका छन् ।
चीनका राजदूत वु चुन्ताइको सहभागीतामा बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल कसैको सुझावका आधारमा नभइ आफ्नै ढंगले अगाडि बढ्ने बताए ।
- DCnepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.