चैत्र १८,
काठमाण्डाै / नेपालबाट तराईलाई अलग गराउनु पर्छ भन्दै अभियान चलाएका राउतलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। केही समय अघी मात्र उनी जमानतमा रिहा भएका थिए । त्यसपछि पनि उनलाई पटक पटक पक्राउ गर्ने र छाड्ने गरिएको छ ।
उपराष्ट्रपतिका छोरा भन्छन्- म भए सीके राउतलाई इन्काउन्टर गर्थें
यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले आफू गृहमन्त्री वा सुरक्षा नियकाको प्रमुख भएको भए राष्ट्रद्रोही सीके राउतलाई इन्काउन्टर गर्ने बताएका छन् । एविसी टेलिभिजनमा अन्तर्वार्ता हेरेपछि पुनले यस्तो बताएका हुन् ।
देशद्रोही सीकेले जे बोले पनि लोकतन्त्रको नाममा छुट दिइएकोमा आपत्ति जनाएँदै फेसबुकमा लेखेका छन् “म प्रधानमन्त्रीरगृहमन्त्री वा सुरक्षा प्रमुख हुन्थें भने साला यो देशद्रोहीलाई सिधै इन्काउन्टरको आदेश दिने थिएँ” ।
नेपालमा राज्य विप्लवको मुद्धा खेपेका र पटक पटक पक्राउ पर्दै छोड्दै गरेका विवादास्पद मधेशी अभियान्ता सीके राउतको अलग मधेश बनाउने भन्ने अभियानलाई भारतीय मिडियाले भने बढाइ चढाइ गरी प्रस्तुत गर्न गरेका छन् ।
- पुर्बेलीन्युज



0 comments
प्रतिक्रिया दिनुहोस्...