-->
भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित
Advertisement

काठमाडौंःआईसीसी विश्व टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत शनिबार राति भएको भिडन्तमा भारतले चिरप्रतिद्वन्द्वी तथा शत्रुतापूर्ण सम्बन्ध रहेको पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।
कोलकातास्थित ईडन गार्डेन क्रिकेट मैदानमा १८ ओभरमा छोट्याइएको भिडन्तमा १३ बल बल बाँकी छँदै जित निकालेको भारतले यो मैदानमा आफूविरुद्धको पाकिस्तानको चार खेलको जितको श्रृंखला पनि टुंग्याएको छ ।
अर्कातिर टी–२० विश्व क्रिकेटको विश्वकपमा पाकिस्तानविरुद्ध भारतले लगातार पाँच खेलमा जित पनि निकालेको छ । वान डे र टी–२० सहित ११ खेलमा पाकिस्तानविरुद्ध निरन्तर जितको श्रृंखला पनि भारतले कायम राख्न सफल भयो ।
टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएर पाकिस्तानले ५ विकेट गुमाउँदै दिएको ११९ रनको चुनौती भारतले १५.५ ओभरमै ४ विकेट गुमाउँदै भेट्टाएको हो ।
पाकिस्तालाई हराएपछि भारतले अघिल्लो चरण प्रवेशलाई जीवितै रोखेको छ । भारतलाई जित दिलाउने क्रममा नटआउट रहेका बिराट कोहलीले ३७ बलमा ५५ रन बनाए ।
अन्नपूर्ण पोस्ट्बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.