-->
इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने
Advertisement

APF-Police-Nepalकाठमाडौं – सशस्त्र प्रहरी बलमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर)को पहिलो ब्याच आधारभूत तालिम पूरा गर्नेबित्तिकै डिएसपीमा बढुवा भएको थियो ।१४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको छ ।

कर्मचारीको बृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको हो । अहिले खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दा पनि इन्स्पेक्टरहरु डिएसपीमा बढुवा हुन सकेका छैनन् ।संगठनको अहिले कै अबस्था अनुसार अबको केही वर्षपछि इन्स्पेक्टरबाट डिएसपी हुन २० वर्ष लाग्ने अवस्था रहेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.