काठमाडौं ।साहित्यकार झमक कुमारी घिमिरेलाई आजिवन मासिक २५ हजार भत्ता दिइने भएको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले साहित्यकार घिमिरेलाई आजिवन मासिक २५ हजार भत्ता दिने निर्णय गरेको हो ।
पूर्ण अपाङ्गता भए पनि साहित्यमा राम्रो दखल राखेकी घिमिरेको पछिल्लो कृति ‘जीवन काँडा कि फूल’ले मदन पुरस्कार पाएको थियो ।
मदन पुरस्कार पाएको उनको आफ्नो आत्मकथामा आधारित सिनेमा समेत निर्माण गरिँदैछ ।Khabardabali



0 comments
प्रतिक्रिया दिनुहोस्...