
हातले खाना खाँदा खाना कति तातो वा चिसो छ भन्ने अन्दाज गर्न सहज हुन्छ । यसले मुखमा पोल्ने वा चिसो भैसकेको खाना खानु पर्ने समस्या हुँदैन । चम्चा र काँटा प्रयोग गर्दा तातो खाना मुखमा परेपछि मात्र थाहा हुने समस्या हुन्छ ।आयुर्वेदका अनुसार शीर ५ तत्वले बनेको हुन्छ । पृथ्वी, वायु, आकाश, जल र अग्नि । यी ५ तत्वमा असन्तुलन भएमा शरीरमा असजता पैदा हुन्छ र विरामी भइन्छ । खाना खाने समयमा खाना उठाउँदा हातमा बन्ने मुद्राले पाँच तत्वको सन्तुलन कायम राख्ने र शरीरमा उर्जा बढ्ने हुन्छ । स्पर्स दिमागका लागि सबैभन्दा प्रगाढ संवेदना मानिन्छ । खानालाई सिधै हातले छुँदा दिमाग सक्रिय हुने र खानाको पाचनकालागि निर्देशन पठाउँछ जसका कारण पाचन प्रणाली सक्रिय हुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...