
आराम छौं । अनि मलाई चिनेयौं नि ?’
दुई पटक गरेर कसैको म्यासेज फेसबुकमा आयो । नयाँ नाम । पहिलो पटक म्यासेज । त्यो पनि केटीको नामबाट । म्यासेज फर्काउनु अघि उसको प्रोफाइल नियाँले । चिन्न सकिन ।
उसले चिनेनौं भनेपछि तिमी को हौं भनेर सोध्न पनि अफ्ठारो लाग्यो । उताबाट फेरि अर्को म्यासेज आयो ।
‘रिप्लाई खै त ।’
हत्तपत्त फेरि प्रोफाइल हेरेँ । बल्ल एउटा फोटो देखे उसको र उनै हुन् भन्ने लाग्यो ।
…..
बेलुका चार बजेतिरको समय । कुरीनटार बजार । मनकामना मन्दिरबाट केबलकारबाट फर्किरहेका भगवानका भक्तहरु । कोही गाडि चढ्न हतार गर्दै छन । कोही तल्लो पटी बसेर कफी पिइरहेका छन् । र, कुनै जोडिहरु माया प्रेमको कुरा गर्दै क्यामेरा, मोवाइलमा दृश्य कैद गरिरहका छन । कोही एक्लै सेल्फी लिरहेका छन । हामी पनि यही भिडमा छौं । राम्रो तस्विर खिच्न लागि परेका छौं । अझ केबलकारलाई व्यागराउण्डमा पारेर खिच्ने लहरमा छौं ।
एक जना युवती हाम्रो वरीपरी छिन् । पोज पोजमा सेल्फि लिन खोज्छिन् । सेल्फीले उसको अनुहारको पोज मात्रै क्याप्चर गरिरहेको थियो । उनी त पुरै शरिरको पोज लिएको फोटो क्याप्चर गर्न चाहन्थिन । उनले मतिर हेरिरहिन् । केही बोल्न सकिन्न । उनी फोटो खिचिदिए हुन्थ्यो भन्ने धाउन्नमा थिइन । मुख खोलेर बोल्न सकिरहेकी थिइनन्् । उनको मोवाइल लिएर फोटो खिचिदिएँ । उनी पोज दिदैँ गइन । कुनै पोज औंलाको थियो । कुनै हातको थियो । कुनै खुट्टाको थियो । कुनै बुट्यानसँग टाँसिएको थियो । कुनै मुर्तीसँग टासिएको थियो । मैले कुनै अफ्ठारो नमानी उनले भने जती नै फोटो खिचिदिए ।
उनको चाहना पुरा भएपछि मेरो चाहना अनुसार फोटो खिचिदिन मन लाग्यो । पछाडि केबलकारलाई पारेर एउटा फोटो लिइदिएँ । उनले पोज दिएर खिचेको फोटो भन्दा त्यो पछाडि केबलकार भएको फोटो धेरै मन परेछ । उनले धन्यबाद व्यक्त गरिन । र, उनले भनिन्, ‘दुःख दिए है । नरिसाउनु होला । अरु ठाउँमा जादाँ त हामी सँगै जान्छौं । मनकामनामा त जोडि आउनुहुन्न रे । त्यही भएर एक्लै आएको ।’ म सुन्दै गए उनी थप्दै गइन, ‘एउटा राम्रो फोटो खिचेर फेसबुकमा राख्न पाइएन भने घुम्न आएको नआएको जस्तै लाग्छ । त्यही भएर हजुरलाई दःुख दिए ।’ उनी यसो भन्दै मेरो नाम सोधेर विदा भईन ।
…..
अलि विजि थिएँ । रिप्लाई गर्न ढिला भयो है । विर्सिको छैन । मैले खिचिदिएको फोटो फेसबुकमा राख्नु भएको रहेछ । खुशी लाग्यो । मैले एकै पटकमा यती भन्दिएपछि तिमी जस्तो ह्यान्सम मान्छेले खिचिदिएको सुन्दर तस्विरलाई पनि फेसबुकमा नराखेर हुन्छ त ? उताबाट म्यासेज आयो ।
म फोटोग्राफर त होइन तरपनि फोटो चाँही ठिकै खिच्छु । तपाईको पनि राम्रै आएको थियो ।
फोटोग्राफर नभएर के भो त । फोटो पत्रकार त हौ नि ।
मैले खिचिएको मेरो सेल्फिफोटो बाहेक आजसम्म कतै छापिएको छैन ।
फोटो नछापिएर के भो त । समाचार त छापिएको रहेछ नि ।
म चकित परर्दै सोधेँ । तपाईलाई कस्ले भन्यो म पत्रकार भनेर । म त पत्रकारिताको विद्यार्थी हुँ । पत्रकारिता सिक्ने क्रममा छु । पत्रकारिता सिक्न थालेको एक वर्ष भयो । कहिले सिक्ने र कहिले पत्रकार हुने हो आफैलाई थाहा छैन । तपाईको उत्तर आउन समय लाग्छ । फेरि म पत्रकार बनिन भने उत्तर नआउन पनि सक्छ ।
मैले लामै उत्तर दिए । केही रिप्लाई आएन । म आफ्नै कामतिर लागेँ । एकछिन पछि उसको हेर्दा चारवटा म्यासेज आएका थिए । उनले केही लेखेकी थिइनन् । त्यहाँ मैले फेसबुकमा शेयर गरेका मेरा लेखका लिंकहरु हालेकी थिइन । अनि उनले भनिन,‘तपाई पत्रकार नभए तपाईको बाइलाइन राखेर यी समाचारहरु कस्ले लेख्यो त ?’
म पत्रकार हुँ वा होइन भनेर मलाई बढी बोल्न मन थिएन । तर उनको थुप्रदै गएको प्रश्नको जवाफ नदिई बस्नै सकिन ।
लेख्दैमा र छापिँदैमा पत्रकार हुदँैन । पत्रकार तव हुन्छ जब उसले लेखेका समाचारको प्रभाव पर्दछ । सुचना दिनु वा केही र कसैको बारेमा लेख्नुले अर्थ नराख्ने व्यक्तिगत मान्यता हो । मैले लेखेका लेखले अहिलेसम्म निश्चित वर्गलाई भन्दा खासै अरुलाई प्रभाव पार्न सकेको छैन । त्यसैले म पत्रकार होइन । अहिलेसम्म केही अपवाद बाहेक पत्रकार हुँ भनेर शब्द मैले निकालेको पनि छैन ।
तिमी त मान्छे कडा रहेछौं । मलाई तिम्रो विचार मन परयो । उमेर हाम्रो उस्तै होला । पढाई पनि सँगसँगै होला । घर कता हो थाहा भएन । भोलीको दिनमा तिमीले पत्रकारिता गर्दछौं वा गदैनौं । त्यो अहिले नै म भन्न सक्दिन । तर तिमी ठूलो मान्छे बन्छौं । उनले अलि फुर्काएर लेखिन ।
ठूलो मान्छे बन्ने सबैको चाहना हुन्छ तर मेरो भने ठूलो मान्छे बन्ने चाहना छैन । असल मान्छे बन्न सकुँ । राम्रो काम गर्न सकुँ । मलाई जस्ले चिन्छन्, सबैले नजरमा बस्न सकुँ । सकेको सहयोग अरुलाई गरीरहन पाउँ । यती भए पुग्छ मलाई । मैले लेखेँ ।
तिमी असल मान्छे पक्कै बन्छौं । राम्रो काम गर्दै जाउ । उनले यसो भनेपछि ओके । अनि धन्यवाद पनि । लामै कुरा भयो छुटौं ल । मैले भने ।
मेरो मोवाइलको चार्ज सकिन लागेको छ । तपाईसँग कुरा गर्ने धोका अझै छ । अनलाईनमा मात्रै सवै कुरा के गर्नु । मिल्छ भने कतै भेट्औं न । उसले यसो भनेपछि मसँग भेट्नै पर्र्ने के छ र ? फेरि म जस्तो मान्छेसँग भेटेर तपाईलाई के फाइदा । समय मात्रै ववार्द ।
उसले रिसाउँदै भनि, ‘व्यंग्य नहानुस् न । कम्तीमा फ्यानलाई भेट्ने समय दिनुस् ।’
मेरो फ्यान बनिसकिछे । म आफैं अचम्म भए । कसरी उ मेरो फ्यान बनी । अनौठो लाग्यो ।
हुन्छ । कुनै दिन भेटौंला । अहिले छुटौं । बाई ।
बाई पत्रकार महोदय , सि यु सुन ।
…..
कस्तो लजाउनु भएको तपाई त ? अनलाईनमा तिमी भनिरहेकी उस्ले भेटमा तपाई भनेर कुरा शुरु गरी । पहिला पनि हाम्रो भेट भए जस्तो ।
मेरो बानी नै यस्तै हो । केटीहरुसँग भेट्दा अलि नर्भस हुन्छु ।
गल्फ्रेन्डसँग पनि उसले प्रश्न तेर्सायाई ।
तपाईसँग ब्वाईफ्रेण्ड छ भन्दैमा मेरो गल्फ्रेण्ड भैहाल्छ र ? हल्का रिसाह अनुहारमा बोलेँ ।
मेरो अनुहारमा सिधा आँखाले हेर्दै भनि,‘पत्रकार महोदय तिम्रो यही कुरा जान्न चाहान्थेँ ।’
वेटरले मेनु हातमा थमाइदियो । उसले सोधी के लिने ?
जाडो छ । कफि नै ठीक होला । मैले भनेपछि उसले दुईवटा कफि अर्डर गरी ।
सुनौं न त तिम्रो नयाँखबर ।
पत्रकार महोदयखबर त तिमीसँग हुन्छ । मसँग के खबर हुनु । बरु तिम्रो सुनौं ।
फेसबुकमा पत्रकार महोदय भनिरहने उस्ले भेटमा पनि त्यही भनि । फेरि अलि रिस्याह भावमा भनिदिए, ‘अलपत्रकार मान्छेलाई पत्रकार नभन्नु होला । पत्रकार भनेको मलाई मन पर्दैन । पहिलो दिन नै मैले तपाईलाई फेसबुकमा भनिसकेको छु ।’
तपाईलाई त रिस पनि उठ्दो रहेछ त । कफिको चुस्की दिलै उसले भनि ।
हामी गफिदै गयौं । उसले पनि आफ्नो बारेमा धेरै बताई । मलाई पनि सबै सोधी । मैले पनि उसलाई बताएँ । आकाशमा जुन निस्किदै थियो । हामी पनि क्याफेबाट निस्क्यौं ।
भेट भयो । खुशी लाग्यो । मेरा धेरै साथीहरु छन । आज फेरि एक जना साथी थपिनुभयो । साथी बनिदिनु भएकोमा धन्यवाद तपाईलाई । अनि मिठो कफिको लागि पनि । र, तपाईलाई साथी बनाउन पाएकोमा बधाई छ, मलाई । भेट्दै गरौंला । गाडि नपाउन सक्छ । लाग्छु । विदा मागेँ ।
देख्दा मात्रै सोझो । गफ गर्न तिमीलाई मान्नै पर्छ महोदय । आज रात परेर केही हुदैन । चिन्ता नगर म पुर्याईदिन्छु । गाडि नपाउन सक्छ । कि मेरो स्कुटीमा चढ्दैनौं । उसले सोधी ।
चढ्नै नहुने त होइन । तर कसैले देख्यो भने उसलाई के जवाफ दिन्छौं । बरु म हिडेरै जान्छु । फेरि मैले केटीले चलाएको स्कुटी चढेको पनि छैन । बुबाले नचढ्नु भनेका छन् । हाँस्दै मैले भने ।
…..
उसको र मेरो भेटघाट धेरै भयो । पटक पटक स्कुटीको पछाडि राखेर कोठासम्म ल्याइदिन्थीँ । मेरो बारेमा खुब चासो लिन्थीँ । मेरो नजिकैको साथी बनिसकीँ । दिनमा एक पटक जसो उसको फोन आउथ्योँ । मैले उसलाई बारम्बार भन्न गर्दथेँ । यसरी फोन गर्नु ठीक होइन । तर, उ भने यसमा सहमत थिइन । उल्टो रिसाउन खोज्थीँ ।
…..
‘तिमीलाई एउटा कुरा सोधौं ।’ स्कुटी हाकिरहेकी उसले अनुहार पछाडि फकाउँदै भनी, ‘फेब्रअरी १४ मा कहाँ जान्छौं ।’
किन ? के छ र ? मैले प्रश्न गरेँ ।
तिमीलाई थाहा छैन । त्यो दिन त प्रेम दिवस हो नि ।
तिमीहरु जस्तो प्रेम गर्नेलाई पो यस्तो कुरा थाहा हुन्छ त । मलाई के थाहा हुनु ।
यो वर्ष थाहा पाऔैैैं न ।
कसरी ?
मसँग घुम्न गएर । उस्ले सजिलै घुम्न जाने प्रस्ताव राखेपछि लजालु स्वभावमा भने, ‘केटीसँग घुम्न जानु छैन । त्यो पनि अर्काको गलफ्रेन्डसँग ।’
त्यसो नभन । म तिमीलाई त्यो दिन गुलावको फुल दिनेछु । मैले दुईवटा गुलाफको फूल किनिसकेँ । एउटा उस्लाई अनि अर्को तिमीलाई । यदी तिमी मान्छौं भने म तिमीलाई मेरो जीवनसाथी बनाउँछु । अहिले मेरो जो छ, उसलाई त्यागी दिन्छु । उसले सजिलैसँग केही नसोची फुत्तै बोली ।
मेरो शरिरमा चिरचिर पसिना आएँ । स्कुटी रोक्न लगाएँ । अनि स्कुटीबाट ओर्लिए । र, भने,‘मैले तिमीलाई एउटा साथी बनाएको थिएँ । राम्रो साथी बनाउन पाएकोमा खुशी लागेको थियो तर तिमी अहिले आएर ठीक लागेन । मेरो कारणले तिम्रो ब्वाईफ्रेण्ड रिसाउला कि भन्ने मैले पहिल्यै सोचेको हुँ । आज सोचेकै कुरा तिमीले भनेयौं । मैले तिमीलाई पहिल्यै भनेको छु । मेरो कारणले कोही बेखुसी हुननपरोस् । तिमीलाई थाहा छ ? तिमी जस्तै केटीको कारण मैले अहिलेसम्म प्रेम नगरेको हो । तिम्रो प्रेम त केबल नाटक हो । यस्तो नाटक मलाई मन पर्दैन । बाई । तिमी तिम्रो बाटो लाग । म मेरो बाटो लागेँ ।’ मेरा पाइला अगाडि बढेँ । उ कता गई मैले फर्केर पनि हेरिन ।
ratopati


0 comments
प्रतिक्रिया दिनुहोस्...