
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच विवाद उत्कर्षमा पुग्दा वैद्यले पार्टीमा सल्लाह नै नगरी जारी केन्द्रीय समितिको बैठक एक महिनाको लागि स्थगित गरेका छन् ।
केन्द्रीय सदस्यहरुले दिएको सुझावको आधारमा अध्यक्ष वैद्यले पार्टी एकता नगर्ने संकेत गरेपछि शुक्रवार मात्र थापा पक्षधर नेताहरुले बुहमत सहितको हस्ताक्षर वैद्यलाई बुझाएका थिए । सहमति जुटाउनको लागि वैद्य थापा सिपी गजुरेल, देव गुरुङले छलफल गरेपनि तत्काल पार्टी एकता गर्ने विषयमा सहमति जुटन नसक्दा थप दबाब दिनको लागि थापाले हस्ताक्षर नै बुझाउनु परेको थियो ।
आन्तरिक विवादलाई समाधान गर्नको लागि चार दिनसम्म चलेको छलफलपछि चैत २८ गते केन्द्रीय समितिको बैठक बोलाइएको थियो । तर अध्यक्ष वैद्यले पार्टीमा नेताहरुलाई सल्लाह नै नगरी बैठक स्थगित गरेपछिको धारणा बनाउन बादल पक्षधर नेताहरुको छुट्टै बैठक सुरु भएको छ ।
अध्यक्ष वैद्यले पेश गरेको प्रतिवदेनप्रति सहमति जनाउदै बादलले कुलप्रसाद केसी र लेखनाथ न्यौपाने सहितको फरक मतलाई समेटेर फरक प्रस्ताव अगाडि सार्दै पार्टीमा बहुमत पुर्याएका छन् । बहुमत पुर्याएपछि अल्पमतमा परेका वैद्यले कारवाही र पार्टीलाई तत्काल फुटबाट जोगाउनको लागि एक महिनासम्मको लागि बैठक स्थगित गरिएको हुन सक्ने एक केन्द्रीय सदस्यले बताए ।
थापा पक्षधर नेताहरु भएको छलफले एक महिना अझै कुर्ने वा विकल्प खोज्ने भन्ने विषयको टुंगो लगाउने बैठक बसिरहेका छन् । ‘अध्यक्षले सल्लाह नै नगरी बैठक स्थगित गर्नु राम्रो कदम होइन’, ती केन्द्रीय सदस्यले भने,‘के गरेर अगाडि बढ्ने भन्ने बारेमा हामी छलफल गर्दैछौ ।’
नेता देव गुरुङले भने, आन्तरिक तयारी नपुगेका कारण एक महिनाको लागि बैठक स्थगित भएको बताए । उनले भने,‘छलफलको लागि पर्याप्त समय भएन, त्यही भएर बैठक स्थगित भएको हो ।’ दस दिनसम्म चलेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सम्पन्न भएपछि वैद्य र थापाबीच वार्ता सुरु भएको थियो । वार्ता निष्कर्षमा पुग्न नसकेपछि वैद्यले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि क्रान्तिकारी माओवादीमा थप विवाद चुलिएको छ ।nepaliheadlines


0 comments
प्रतिक्रिया दिनुहोस्...