बैशाख ६
भक्तपुर – विकाशकारी भुकम्प (बैशाख १२) आएको एक वर्ष पुग्नै लागेको छ । भुकम्पबाट ८ हजार भन्दा धेरै मानिसको मृत्यु भयो । हजारौं घाइते भए भने भने ६ लाख घरबढी भत्किए ।
विनाशकारी भुकम्पले भक्तपुर नगरपालिका वडा नं. १३ कोलाछेँका ८० वर्षिय विष्णुु सुुवाल र उनकी धर्म पत्नी ८० वर्षीय चन्द्रमाया सुुवालको घर पनि अछुतो रहेन । भुकम्पको धक्कासँगै उनीहरुको घरपनि गल्र्यामगुर्लुम ढल्यो । घर भत्किँदा ८० यी बद्धबृद्धालाई जति पीडा थियो अहिले तीन छोराहरुले सहारा नदिँदा झनै पीडा भएको छ । सन्तानको सहारा बिनै उनीहरु अहिले दरवार क्षेत्रमा रहेको पद्यम उच्च माविको प्राङ्गणमा बस्दै आएका छन् ।
नातीनातीना खेलाएर बस्नुपर्ने बेलामा यी बृद्ध दम्पतीलाई अहिले एक गिलास पानी खान पनि छिमेकीको साथ लिनुु पर्ने भएको छ ।
पुुरानो घर भत्किएर गत बैशाख १२ गते दिउँसोदेखि नै उनीहरु दरवार क्षेत्रमा रहेको पद्यम उच्च माविको प्राङ्गणमा बस्दै आएका हुन् ।
विष्णुु सुुवालले भने ‘खाइ नखाई हुुर्काएको सन्तालेले आज पराई जस्तो व्यवहार गर्दा नरमाइलो भयो, बुुढेसकालमा दुुख पाइयो ।’ उक्त स्थान कै शिविरमा संगै बस्दै आएकी ५४ वर्षकी पार्वती शिल्पकारले यि दम्पतीको हेरचाह गर्दै आएकी छिन् । आफ्ना सन्तान भएर पनि छिमेकीलाई दुुःख दिनुु सुुवाल दम्पतीको बाध्यता भएको छ ।
सुुवाल दम्पतीले एकै स्वरमा भने “जति दिन बाचेँ पनि आनन्दले बाच्न पाए हुने तर सधै आउने भुुकम्प र हावाहुुरीले तर्साउँछ” ।
बुुढेसकालको साहार भनेर जन्माएका सन्तानले घर भत्किएर त्रिपालको बास हुुदाँ समेत बेबस्ता गरेपछि ३ छोरा र ३ छोरी गरि ६ जना सन्तान भएका ८० वर्षिय दम्पतिले आफुुहरुलाई सन्तान भएर पनि निसन्तान भए जस्तो लाग्ने भाबुक हुँदै बताए ।
विष्णुु राम्रोसंग आखाँ देख्न सक्दैनन् भने चन्द्रमायामा हात खुुट्टा दुुख्ने समस्या छ ।
विष्णु र चन्द्रमायाँ जस्तै धेरै वृद्ध वद्धाहरु एक वर्षदेखि पद्यम उच्च माविको प्राङ्गणस्थित शिविरमा बस्दै आएका छन । विष्णु र चन्द्रमायाँलाई जस्तो व्यवहार उनीहरुलाई परिवारले नगरेपनि सकस भने धेरै छ । उनीहरुलाई बैशाखको तातो घामले शिविरमा बस्न निकै कठिन हुुन्छ । नेपाल सरकारले दिने भनेको पूूर्णनिमार्णको रकम समयमै दिए त्रिपालको बास छोडेर आफ्नै घरमा बस्ने मन छ, उनीहरुमा ।- Ratopati

0 comments
प्रतिक्रिया दिनुहोस्...