शान्त, स्थिर र समृद्ध नेपाल साथै पूर्ण संस्कारिक लोकतान्त्रिक वातावरण स्थापना गर्ने गरी कार्यक्रमहरु गरिरहेको विवेकशील नेपाली दलले नेपाली राजनीतिक एवं सामाजिक फाँट भिन्न उपस्थिति प्रस्तुत गरेको छ । मुलतः युवाहरुलाई आकर्षित गरी समाजका विभिन्न क्षेत्रमा गतिलो योगदान गरेका पात्रहरुलाई समेतवाट सुझाव सल्लाह एवं सहभागिता लिँदै यस दलले लोकतन्त्र र आर्थिक विकासकोलागि नेपालमा नयाँ अभ्यासको थालनीमा लागिपरेको छ । यस दलद्धारा राजधानीमा आयोजित विभिन्न व्यक्तित्वहरुसंगको साक्षात्कार कार्यक्रममा अध्यक्ष उज्वल थापाले समृद्ध नेपाल निर्माणमा सवैको सहयोग र सल्लाहबाट अघि बढ्न सकिने बताउँनुभयो ।
नेपालले लिँदै आएको परराष्ट्र नीति समसामयिक हुन नसकेको बताउँदै अध्यक्ष थापाले छिमेकी मुलुकहरुसंगको सम्वन्धलाई व्यावहारिकरुपमा अगाडि बढाई नेपाललाई विश्वको केन्द्र बनाउन सकिने पनि उल्लेख गर्नुभयो ।
यतिखेर व्यवस्थापिका संसदमा रहेका दलहरुले स्थिर र समृद्ध नेपाल निर्माणमा गतिलो योगदान दिन नसेको जनगुनासो रहँदै आएको छ । त्यसैले पनि स्पष्ट दृष्टिकोण एवं कार्यक्रमसहितको नया राजनीतिक शक्तिको महसुस जनताले गर्न थालेका हुन् । यस सन्दर्भमा विवेकशील नेपाली दलले समृद्ध नेपाल निर्माणको सक्रियता र अभियानमा आफुलाई कसरी अव्वल गराउँन सक्छ त्यो निकट भविष्यले नै स्पष्ट पार्ने छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...