काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बिखण्डन गर्न चाहानेहरुको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।
विद्युत प्राधिकरण कर्मचारी युनियनको महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले सरकारले त्यस्तो प्रवृत्तिलाई नियन्त्रणमा लिने बताए।
‘मुलुक बिखण्डनको कुरा गर्नेलाई कसैले घाँस नहाले हुन्छ त्यस्ताबाट ‘कदापी दुध आउनेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘खुलेआम देश टुक्र्याउने देशद्रोही कुरा सुन्न पनि सकिंदैन, यो देश टुक्र्याउन दिइनेछैन, त्यस्तोलाई सरकारले नियन्त्रणमा लिन्छ ।’
सरकारले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा नोक्सान हुनबाट रोक्ने पहिलो दायित्व रहेको ओलीले बताए ।प्रधानमन्त्रीले नेपाल विश्वको सानो देश नभएको स्मरण गराउँदै आन्तरिक मामलामा बढी चासो नदिन अन्तर्राष्ट्रिय समूदायलाई चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले नेपालको नयाँ संविधानले कसैलाई विभेद नगरेको उल्लेख गर्दै आन्तरिक मामिलामाथिको हस्तक्षेप स्वीकार्य नभएको बताए ।khabardabali



0 comments
प्रतिक्रिया दिनुहोस्...