-->
नेपाली जनताबाहेक संविधानमा यसो राख, उसो गर भन्ने कसैसँग अधिकार छैन : प्रचण्ड
Advertisement

काठमाडौँ – एकीकृत नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने अधिकार कोहीकसैलाई नभएको बताएका छन् ।
ललितपुरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘कमरेड निर्मल लामा र नेपाली राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयको अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले नेपाली जनताको निर्णय नै आफूहरुलाई स्वीकार्य रहेको र अन्यथा कोहीकसैले चासो राख्नुको आवश्यकता नभएको बताए ।

नेपालको स्वतन्त्रता रक्षाका लागि प्रतिरोध गर्न नेपाली जनता तयार रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– “नेपालको निर्णय गर्ने अधिकार नेपाली जनतालाई मात्रै छ, कोहीकसैले नेपालको संविधानमा यसो राख, उसो गर भन्ने अधिकार छैन ।”

नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रिय स्वतन्त्रतामा विभिन्न प्रकारको टीकाटिप्पणी सुरु भएको भन्दै त्यसविरुद्ध साझा प्रतिवाद गर्नुपर्ने बताए ।

कार्यक्रममा एमाओवादीका नेता अमिक शेरचन, लीलामणि पोखरेल र दीनानाथ शर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा चेतना जगाउने काम निर्मल लामाले सुरु गर्नुभएको बताउँदै वर्तमान सन्दर्भमा राष्ट्रियताका पक्षमा अझ दृढताका साथ उभिनुपर्नेमा जोड दिए ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले कम्युनिस्ट आन्दोलनभित्र ‘गरिखाने वर्ग’का नेता लामाको योगदानलाई स्मरण गर्दै अगाडि बढ्नुपर्ने बताए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.