काठमाडौं । संयुक्त राज्य अमेरिकाले पनि नेपालको संविधानको प्रावधानमाथि प्रश्न उठाएको छ । उसले नेपालको संविधानमा महिलासम्बन्धी प्रावधान विभेदकारी भएको टिप्पणी गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासको आधिकारीक ट्विटर एकाउन्टमा प्रष्टसँग महिला अधिकारका लागि संविधान अपुर्ण भनेको छ ।
भारतीय प्रधानमन्त्रकिो युरोप भ्रमणका क्रममा इयुसँगको संयुक्त वक्तव्यको १७ नम्वर बुँदामा नेपालको संविधान अपुर्ण भएको उल्लेख गरिएको एक सातापछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो । यसबारेमा नेपाल सरकारले धारणा बनाइसकेको छैन ।- Nepalsandesh.com



0 comments
प्रतिक्रिया दिनुहोस्...