-->
बजेट सम्बन्धमा छलफल : यस्ताे अाउने भयाे आर्थिक वर्ष २०७३÷७४काे बजेट
Advertisement

पोखरा  आर्थिक वर्ष २०७३÷७४ को सङ्घीय बजेट सम्बन्धमा छलफल गरिएको छ । छलफलमा प्रदेश नं ४ मा पोखरा बसपार्क, ७८ किलोमिटर चक्रपथ, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गका लागि बजेट विनियोजनमा जोड दिइएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित ‘सङ्घीय बजेट २०७३÷७४ को सन्दर्भमा ४ नं प्रदेशको आवश्यकता र अपेक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले पोखरा– जोमसोम कोरला नाका खुलाउन, पोखरा–लुम्बिनी बीचका सडक मर्मत तथा विस्तार, पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन बजेटको व्यवस्था हुनुपर्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण गरिने बताइएको छ ।

Bajetकरको दरभन्दा दायरा बढाउनुपर्ने, कर एकद्वार प्रणाली हुनुपर्ने, पारिवारिक कर छुटको दायरा बढाउनुपर्ने, अतिआवश्यकीय वस्तुको करमा छुटको व्यवस्था जस्ता प्रावधान पनि बजेटमा व्यवस्था गरिनुपर्नेमा सहभागीको जोड छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले कुल बजेटको राजस्वमा ४ नं क्षेत्रको हिस्सा १२ प्रतिशत भएको बताउँदै यस क्षेत्रलाई आर्थिक चलायमान बनाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापा र सङ्घका पूर्वमहासचिव एवम् राजस्व समितिका संयोजक नारायण कोइरालाले हरेक वर्ष विकास आयोजनामा बजेट विनियोजन हुने तर कार्यान्वयन पक्ष फितलो हुने हुनाले यस वर्षको बजेट शतप्रतिशत खर्च गर्न सबैको ध्यान जानुपर्ने धारणा राख्नुभयो । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.