-->
गुडिरहेको रेलसँग सेल्फी लिन खोज्दा....
Advertisement

एजेन्सी: सेल्फी लिने सुविधासहितका मोबाइल आउन थालेपछि अहिले मानिसहरु जहाँसुकै सेल्फी लिन हत्तार गर्छन् । 

घरमा होस् या बाहिर, बस स्टप या रेल स्टेशन जहाँसुकै सेल्फी लिएर सामाजिक सञ्जालमा पोस्ट गर्ने फेसनै बनिसकेको छ ।

सेल्फीको रहरले कतिपय मानिसले ज्यानै समेत गुमाउनु परेको छ । चीनमा यस्तै एउटा घटना भएको छ । गुडिरहेको रेलसँग सेल्फी लिन खोज्दा एक युवतीले ज्यानै गुमाउनुपरेको हो । 

चीनको फोसान पोलेटिक्निकमा अध्ययनरत १९ वर्षीया युवतीले गुडिरहेको रेलसँग सेल्फी लिन खोज्दा ज्यान गुमाउनु परेको हो ।

गुडिरहेको रेललाई पृष्ठभूमिमा राखेर सेल्फी लिइरहेकी उनलाई त्यही रेलले शनिबार ठक्कर दिएको हो । 

रेलले ठक्कर दिएकी ती युवतीको उपचारका लागि अस्पताल लाँदा लाँदै ज्यान गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

सेल्फी लिने धुनमा अगाडि हेरिरहेकी उनलाई पछाडिबाट आएको रेलले टाउकोमा ठक्कर दिएको थियो । 

ती युवतीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा टाउकोमा लागेको घाउबाट अत्याधिक रगत बग्दा ज्यान गएको हो । 

समाचार अनुसार ती युवतीले एक सय वर्ग किमि भन्दा बढी जमीनमा फैलिएर ढकमक्क फुलेको गुलाबको फूल र रेललाई पृष्ठभूमिमा राखेर सेल्फी लिइरहेकी थिइन् । 

त्यहाँ फूल फुलेको दृश्य तथा प्राकृतिक सुन्दरता हेर्न हजारौं पर्यटक पुग्ने गर्छन् । घुम्न पुगेको अवस्थामा ती युवतीले पनि सेल्फी लिने प्रयास गरेकी थिइन् । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.