सोमबार, २२ चैत
lएजेन्सी। भारतीय योग गुरु रामदेवले भारत माता कि जय नभन्नेको टाउको काट्ने बताएका छन् ।
भारतीय संविधान मान्ने सबैले भारत माता को जय भन्न सक्नुपर्छ यदि उनीहरुले त्यसो भन्दैन् भने उनीहरुलाई बाँच्ने कुनै हक छैन भन्दै रामदेवले आफ्नो देशको जय भन्न नसक्ने मानिसहरु देखि आफुलाई लाज लाग्ने समेत बताएका छन्।
आफ्नो देशको पक्षमा नबोल्ने मानिसलाई भारतमा बस्ने कुनै हक नहुने भन्दै रामदेवले राष्ट्रियता बारे आफ्नो धारणा व्यक्त गरेका हुन् ।
भारतको महाराष्ट्र राज्यमा राष्ट्रियता विषयक गोष्टीमा आफ्नो धारणा व्यक्त गर्दै योगगुरु रामदेवले सो कुरा बताएका हुन्।
nepalsandesh



0 comments
प्रतिक्रिया दिनुहोस्...