-->
राजकुमार दम्पतीले शाहरुख र ऐश्वर्यालाई भेट्ने
Advertisement

बेलायती राजकुमार विलियम तथा राजकुमारी केट मिडल्टनले बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री ऐश्वर्या रायलाई भेट्ने भएका छन् ।

अप्रिल १० देखि १६ तारिखसम्म हुने भारत भ्रमणका क्रममा बलिउडका अन्य कलाकारलाई पनि भेट्ने बताइएको छ । बेलायती राजदम्पतीले बलिउड कलाकारसँग च्यारिटी डिनर गर्नुका साथै रमाइलो गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

शाहरुख खान र ऐश्वर्या रायको नाम भीआईपीमध्ये निश्चित गरेको र अन्यको नाम तय हुन बाँकी रहेको भारतका सञ्चारमाध्यमले जनाएका छन् । रेड कार्पेटमा उनीहरूले डान्स, म्युजिकल पर्फमेन्स तथा फेसन सो हेर्ने आधिकारिक वक्तव्यमा उल्लेख गरिएको छ।

भ्रमणका क्रममा राजकुमार विलियमका पिता चाल्र्सले स्थापना गरेको ब्रिटिस एसियन ट्रस्टका लागि चन्दा संकलन गरिने कार्यक्रम रहेको छ । कार्यक्रम ब्रिटिस हाई कमिसनको सहयोगमा गर्न लागिएको हो ।

भ्रमणमा राजदम्पती ताज होटेलमा बस्ने प्रबन्ध मिलाइएको छ । जुन होटेलमा सन् २००८ मा एक सय ६६ जनाको आतंककारी हमलामा हत्या भएको थियो । तीन सयभन्दा धेरै घाइते भएका थिए । उनीहरूले ती मृतकको सम्मान कार्यक्रममा सहभागी हुने र अन्य स्टाफसँग भेट्ने योजना पनि बनाएका हुन् ।

अप्रिल ११ मा उनीहरू भारतको राजधानी नयाँदिल्ली आएर ब्रिटिस हाई कमिसनले आयोजनाको गरेको रानी एलिजावेथ दोस्रोको ९० औं जन्मदिन मनाउने कार्यक्रम छ । उनीहरूले आग्राको ताजमहल, सेन्ट्रल इन्डियालागायतको भ्रमण गर्ने योजना रहेको बताइएको छ । एजेन्सी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.