-->
नयाँ वर्षमा टेलिकमले दियो छुट
Advertisement

काठमाडौं, वैशाख १ – नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकलाई छुटको व्यवस्था गरेको छ । टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवामार्फत हुने एसएमएसको महसुल दरमा ५० प्रतिशतले छुट दिएको छ ।
दुई दिनका लागि विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो । उहाँका अनुसार एसएमएसमा गरिएको छुटको व्यवस्था मंगलबार र बुधबारका लागि भएको उहाँले बताउनुभयो ।
यस्तै तीन दिन प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई पनि प्याकेजमार्फत सुविधा दिईएको छ । बिहीबारसम्म डाटा सेवाअन्तर्गत एक सय एमबी साइजको डाटा ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.