वैशाख १
काठमाडौं– श्रद्वाञ्जली त्यो पनि गत वर्ष पृथ्वीमा मारिएका ज्ञातअज्ञात सवै पृथ्वीका प्राणीहरुका नाममा । हो, यस्तो अनौठो कार्यक्रम गरिएको छ, काठमाडौंको रत्नपार्कस्थित रानीपोखरीको गणेश मन्दिर अगाडि । मंगलबार बेलुका सो स्थानमा करिब डेढ सयको संख्यामा उपस्थित व्यक्तिहरुले मैनबत्ति बालेर प्राणीहरु मृत्युमा शोक मनाएका छन् ।
‘पृथ्वीमा जन्मेपछि सबैको बाँच्ने हक छ । तर पृथ्वीमा जन्मेका निमुखा प्राणीहरुले अनेक नाममा कष्ट पाए । असमयमै उनीहरु मारिए । गत साल मारिएका तिनै पशुपंक्षी र मानवहरु समेतको आत्माको मुक्तिका लागि यो कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागि लामाभिक्षु आङफुरी शेर्पाले बताए । कार्यक्रम नेपाल शाकाहारी संघले आयोजना गरेको हो ।
कार्यक्रममा निहत्था प्राणीहरु मारिएको भन्दै नेपाल शाकाहारी संघका उपाध्यक्षले मानव जातीकातर्फबाट सबै प्राणीहरुका नाममा माफी मागिएको व्यहोरा समेत वाचन गरेका थिए । सो कार्यक्रममा हिन्दु बटुकले बौद्विक मन्त्र र बौद्ध गुरुहरुले शान्तिमन्त्र वाचन गरेका थिए । शाकाहारी संघले कालगति र अकालमै मरेका प्राणीहरुप्रति गत सालदेखि श्रद्धांजली कार्यक्रम गर्न थालेको हो ।
मंगलबार नै पशुपती मन्दिर क्षेत्रमा केही शाकाहारी अभियानकर्ताहरुले पनि यस्तै प्रकारको अर्को कार्यक्रम गरेका थिए ।-Ratopati





0 comments
प्रतिक्रिया दिनुहोस्...