-->
सशस्त्र प्रहरी देखेपछि भारतीय चालकको भागाभाग, ट्रक नियन्त्रण लिइयो
Advertisement

महेन्द्रनगर, ११ वैशाख । कञ्चनपुरको सीमा क्षेत्रमा अवैध रुपमा चुरे क्षेत्रमा ढुङ्गा उत्खनन गरिरहेका भारतीय ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भीमदत्त नगरपालिका ९ खल्लामा अवैध रुपमा ढुङ्गा उत्खनन गरेर गाडीमा भरिहेका ४ वटा भारतीय ट्रकलाई शनिबार सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका चार वटै ट्रकलाई गड्डाचौकी भन्सार कार्यालयमा बुझाईको छ भने ट्रक चालक फरार रहेको ईलाका प्रहरी कार्यालय ब्रह्मदेवका ईन्चार्ज सई गोकुल बलायरले जानकारी दिए ।
भारतीय ट्रक सीमावर्ती बजार टनकपुरबाट महाकाली नदी तरेर आएको हुन सक्ने प्रहरीको जनाएको छ ।
यसअघि दोधारा चादँनी नजिक महाकाली नदीमा अवैध रुपमा ढुङ्गा उत्खनन गरिरहेका भारतीय ट्रकलाई स्थानीयले लखेटेका थिए ।- दैनिक नेपाल डट कम


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.