-->
कपाल रंग्याउँदा यी कुरामा ध्यान दिनुहोस्
Advertisement

कपाल रंग्याउने चलन केही वर्षदेखि तीब्र भएको छ । एक तथ्यांकअनुसार करिब ७५ प्रतिशत महिलाहरु कपाल रंग्याउन मन पराउँछन् । अचेल पुरुष युवाहरुले पनि कपाल रंग्याउने क्रम बढेको छ । तर कपाल रंग्याउने क्रममा हुने सानो लापरवाहीले पनि नोक्सानी निम्त्याउँछ । रंग विभिन्न थरिका हुन्छन्, प्राकृतिक रंग, अस्थायी रंग या स्थायी रंग । आउनुस् कपाल रंग्याउँदा कस्तो बेफाइदा हुन्छ, थाहा पाउनुस् :
एलर्जिक रियाक्सन : एलर्जिक रियाक्सन साधारण या गम्भीर दुवै खालको हुन सक्छ । कपाल रंग्याइसकेपछि छालामा सामान्य जलन या सनसनाहट महसुस हुन्छ भने यो एलर्जीको सुरुवात हुन सक्छ । यदि निधार, कान या गर्धनको पछाडि सुन्निन्छ, आँखा पोल्छ भने यो एलर्जीको गम्भीर समस्या हुन सक्छ ।
हेयर डाई एलर्जीबाट बच्ने तरिका

यदि कपाल रंग्याउन चाहनुहुन्छ भने सावधानी अपनाएर यसबाट हुने हानीबाट बच्न सकिन्छ । यसो गर्दा कपाल लामो समयसम्म ठीक रहन्छ । जब कुनै नयाँ ब्रान्डको हेयर डाई प्रयोग गर्दै हुनुहुन्छ भने त्यसकोबारेमा बढी जानकारी लिनुहोस् । किनकि, डाई बदल्दा कतिपयलाई एलर्जी हुन सक्छ । सकेसम्म राम्रै ब्रान्डको डाई प्रयोग गर्नुस् । आखिर तपाईंको सुन्दरताको सवाल छ ।

क्विक प्याच टेष्ट

एलर्जीबाट बच्न प्याच टेष्ट राम्रो उपाय हो । प्याच टेष्टले कुनै पनि उत्पादनप्रति तपाईंको छालाको संवेदनशिलता दर्शाउँछ । यसका साथै एलर्जिक रियाक्सनबाट बचाउँछ । यसैले हेयर डाईको मिश्रण बनाउने बेलामा लेबलमा दिएको निर्देशन पढ्नु आवश्यक हुन्छ । कानको पछाडिको भाग सबैभन्दा बढी संवेदशिल हुन्छ । कुनै पनि एलर्जिक रियाक्सनको लक्षण तुरुन्त देखिन्छ । रुवाको एक टुक्रालाई हेयर डाईमा मिसाएर कानको पछाडिको भागमा लगाउनुस् । यसलाई २४ घण्टासम्म लगाएर एलर्जीको प्रकोपबाट बच्न सकिन्छ । यदि हेयर डाईलाई निर्धातिर समयभन्दा बढी लगाउने हो त्यो हानीकारक हुन सक्छ ।

कपाल रंग्याउनु आजकाल फेसनजस्तै बन्न थालेको छ । तर यसबाट हुने फाइदा र बेफाइदाबारे कसैले पनि सोचेको पाइदैंन । कपाल रंग्याउनुको अर्थ हुन्छ, नराम्रो कपाल लुकाउनु र त्यसमा परिवर्तन ल्याउनु । यदि तपाईंलाई एलर्जी हुन्छ भन्ने लाग्छ भने पानीको धारबाट आफ्नो कपाल धुनुहोस् । यसबाट हेयर कलर कपालबाट हट्छ । यदि कपालमा कुनै केमिकल बाँकी छ भन्ने लागेको छ भने क्लेरिफाइङ सेम्पुबाट पनि हटाउन सक्नुहुन्छ । स्वास्थ्य खबर बाट ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.