-->
प्रत्यूषा प्रेमीले बताए मर्नु अघिको कहानी, विहानै नसामा थिईन प्रत्यूषा
Advertisement

सोमबार, २२ चैत
एजेन्सी। प्रत्यूषा बनर्जिको मृत्यु पछि पहिलो पटक उनको प्रेमी राहुल राज सिंहले मुख खोलेका छन् । पुलिसको सोधपुछमा राहुलले भनेका छन् कि मृत्यु भन्दा पहिले एक अप्रिलमा प्रत्यूषा बनर्जि विहानै देखि नशामा थिईन ।
राहुलले बताए कि त्यहिँ दिन विहान उनीहरुको बहस भएको थियो ।तर बहसको कारण भने राहुलले बताएन् । राहुल ले पुलिसलाई बताए अनुसार राहुल र प्रत्यूषा बनर्जि र आफ्नो केटि साथि संग आफ्नो गोरेगाउँमा रहेको फ्ल्याटमा गए ।
त्यहिँ तीन जनाले ड्रिंक गरे ।त्यहिँ क्रममा राहुल आफ्नो केटि साथि संग त्यहाँ बात बाहिर निक्लिए र विहान जब राहुल घर फर्किए तव प्रत्यूषा र उनको विचमा बहस शुरु भएको थियो ।
प्रत्यूषाले बहसको समयमा रक्सि पिईरहेको थिईन् । राहुलले प्रत्यूषालाइ त्यसो गर्न बाट रोक्न खोजे तर उनले नमानेको राहुलले बताएका छन् । त्यस पछि राहुल पनि उनी संगै रक्सि पिउन थाल्छन् ।त्यसको केहि घण्टा पछि राहुल त्यहाँ बाट बाहिर निक्लन्छन् ।
प्रत्यूषालाई खाना खान्छौ भने ल्याउँछु भनेर बाहिर बाट राहुलले फोन गर्दा उनले नल्याउन भनेकी थिईन्।
जव राहुल घर फर्किए तब उनी नोकरको मद्दतले घरमा प्रवेश गरेका थिए । घरमा छिरे लगत्तै राहुलले प्रत्यूषा बनर्जिलाई पंखामा झुण्डिएको अवस्थामा फेला पारे । त्यस लगत्तै राहुलले प्रत्यूषालाई कोकिलाबेन अस्पताल पुगे तर त्यतिबेला धेरै ढिलो भैसकेको थियो र अस्पतालले उनलाई मृत घोषणा गर्यो ।
पुलिसलाई राहुलले बताए कि प्रत्यूषा बनर्जिले जति कमाउँथिन् त्यो सबै घरमा पठाउँथिन् । राहुलले उनीहरुको विचमा झगडा भएको स्वीकारे पनि उनले आफु निर्दोष रहेको प्रहरीलाई बताएका छन्।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.