-->
काठमाडौँमा सात हजार सौर्य बत्ती राखिने
Advertisement

काठमाडौँ – रु ९५ करोडको लगानीमा काठमाडौँ महानगरपालिकाका विभिन्न सडकमा सात हजार ६५३ ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि करिब २०० निवेदन आएका छन् । कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको 
निर्माण विभाग प्रमुख उत्तरकुमार रेग्मीका अनुसार आएका सबै निवेदन महानगरपालिकाले मन्त्रालयमा पढाइसकेको र केही समयमा नै काम सुरु हुनेछ ।

सुरुको समयमा बत्ती जडानका लागि निवेदन नआए पनि पछिल्लो समय बत्ती जडान गर्नका लागि उल्लेख्य मात्रामा निवेदन आएकोे महानगरको भनाइ रहेको छ । चैत महिनाको पहिलो सातामै म्याद सकिएको भए पनि निवेदन आउने क्रम जारी रहेको छ ।

आएका निवेदनमध्ये सबैभन्दा बढी वडा नं ६ को छ ।

सौर्य बत्ती जडान गर्न उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्नुपर्छ ।

प्रमुख रेग्मीका अनुसार खम्बासहित एउटा सौर्य बत्ती जडान गर्न रु एक लाखसम्म लाग्छ । अठारौँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनका समयमा नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली र पुरानो बसपार्कलगायत स्थानमा सौर्य सडक बत्ती जडान गरिएको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.