-->
१४ वर्षीय सपनाको हत्यारा अझ पक्राउ पर्न सकेन
Advertisement


चैत २६ 

Sapana Bhujelइटहरी – एक महिना अघि इटहरीमा १४ बर्षिय बालिका सपना भुजेलको हत्याका दोषी अझै पक्राउ पर्न सकेका छैनन । गत फागुन २० गते इटहरी ३ स्थित याक्थुङ चौकमा हत्या गरि फालिएको अबस्थामा सपनाको शव फेला परेको थियो । हत्या भएको महिना दिन कटेपनि प्रहरीले दोषी अझै पनि पक्राउ गर्न नसकेको हो ।
सपनाको घाँटी थिचि हत्या भएको प्रहरीको भनाई छ । तर महिना दिन बित्दा समेत इलाका प्रहरी कार्यालय इटहरीले दोषीको पहिचान गर्न समेत सकेको छैन । नेपाल प्रहरीको अपराध अनुसन्धानमा राम्रो नाम कमाएका डिएसपी ओम अधिकारी यस घटनामा लागि परेका छन । इटहरीमा हुने जस्तो सुकै घटनाको ४८ घण्टा भित्र रिजल्ट दिने उद्घोष गरेपनि हालसम्म अपराधि पक्राउ पर्न सकेको छैन ।
घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रामचन्द्र तिवारी, जिल्ला प्रहरी कार्यालय सुनसरी, अञ्चल प्रहरी कार्यालय कोशी र पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको बिशेष टोली खटिएका छन् । तर घटना भएको लामो समय बित्दा समेत दोषीको पहिचान नहुँदा पिडित परिवारहरु थप पिडामा परेका छन् । बुबा नरहेको र आमासँग बस्दै आएकी सपना सोझी स्वाभावकी थिइन । आर्थिक अबस्था निकै कमजोर रहेको परिवारमा कसैले बिद्यालय समेत जान पाएका थिएनन ।
घटनाको अघिल्लो रात छिमेकमा टिभि हेर्न भनि हिँडेकी सपना बिहान सम्म नआएपछि परिवारजनले खोजी गरेका थिए । खोजीको क्रममा सपनाको शव घर देखि सय मिटर पर कासघारीमा हत्या गरिएको अबस्थामा शव फेला परेको थियो ।
घटना पछि प्रहरीको अनुसन्धान टोलीले त्यस क्षेत्रका स्थानिय युवा तथा शंकास्पद व्यक्तिहरुलाई सोधपुछ गरेको थियो । सोधपुछको क्रममा हत्याराको पहिचान हँुन मुस्कील परेको इप्रका इटहरीका अनुसन्धान अधिकृत इन्स्पेक्टर रामचन्द्र तिवारीले बताए । हामीले सपनाको बारेमा धेरैलाई सोधपुछ र उनको बारेमा अध्यान अझै गरिरहेका छौ, तर दोषीको पहिचान हुन नसकेको छैन तिवारीले भने । अझै पनि हत्याको अनुसन्धान भइरहेको र प्रहरी चुप लागेर नबस्ने इन्स्पेक्टर तिवारीको भनाई छ ।
हत्याको अनुसन्धानमा मोबाइल राम्रो सुराक पाउने आधार भएपनि सपनाले मोबाइल प्रयोग गदैन थिइन् । उनको हत्यामा संलग्न कुनै नयाँ ब्यक्ति हुन सक्ने प्रहरीको अनुमान छ ।
सपना भुजेल हत्या काण्डको बिषयमा भुजेल सेवा समिति केन्द्रिय कार्यालय काठमाडौ लगायत बिदेशमा रहेका समितिहरुले समेत चासो व्यक्त गरेको छ । दोषीे किन पक्राउ पर्न सकेको छैन भन्दै समितिका पदाधिकारीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
भुजेल सेवा समितिका केन्द्रिय अध्यक्ष सुर्यबहादुर भुजेलले सपना हत्या काण्डमा प्रहरी अनुसन्धानको बिषयमा चासो व्यतm गरे । महिना दिन बित्दा समेत घटनाको अनुसन्धान हुन नसकेको भन्दै अध्यक्ष भुजेलले प्रशासनलाई दबाब दिने बताए । साथै दोषिलाई चाडै पक्राउ गरि कानुनि दायरामा ल्याउन प्रशासन समक्ष आग्रह समेत गरे ।
यता भुजेल सेवा समिति सुनसरी र इटहरी उपमहानगर कमिटिले पनि हत्याको अनुसन्धानको चाँडै तथ्य बाहिर ल्याउन प्रशासनसँग आग्रह गरेका छन् ।ratopati 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.