-->
लोडसेडिङ घटाएर तीन वर्षमा विद्युत निर्यात गरिने : प्रधानमन्त्री
Advertisement

तीन वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त गराई विद्युत निर्यात गर्ने प्रधानमन्त्री केपी ओलीको उद्घोष, मुलुकको सम्वृद्धि सरकारको प्रमुख लक्ष्य प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त गराई बिद्युत निर्यात गर्ने दाबी गर्नुभएको छ । उहाँले एक बर्षमा लोडसेडिङ मुक्त गराउने, दुई बर्षमा चाहिएजति बिद्युत आपुर्ती गर्ने र तीन बर्षमा अन्य मुलुकमा बिद्युत निर्यात गर्ने योजनामा आफु दृढताका साथ लागेको बताउनुभयो ।

अखिल नेपाल किसान महासंघको छैटौँ महासम्मेलनको उद्घाटन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको बाटोमा तिब्रताका साथ अघि बढेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक समृद्धिको लागि कृषि, जलबिद्युत र यातायातलाई मुख्य केन्द्रमा राखेर अब आउने बजेटमा थप विकासका आयोजना ल्याइने बताउनुभयो । उहाँले जलविद्युत उत्पादनमा महत्वपूर्ण सफलता हासिल गरी तीन वर्षमा विद्युत निर्यात गरिने दोहो¥याउनु भयो ।

एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले कृषिको आधुनिकिकरण र बैज्ञानिकरण गरी आम जनताको रोजगारी र जीबन निर्बाहको क्षेत्रलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई आत्मनिर्भर गराई गरिबी, अभाब र पछौटेपनलाई निराकरण गर्नेतर्फ राज्यले सोच्नुपर्ने बताउनुभयो ।

एमाले पूर्व अध्यक्ष झलनाथ खनालले कृषि प्रणालीमा रहेको सामन्ति अबशेष र परम्परागत खेती प्रणाली तोडेर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले मुलुकको कृषि क्षेत्रको रुपान्तरणका लागि नयाँ निति र कार्यक्रममका साथ सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।

खनालले कृषि क्षेत्रमा योजनाबद्ध कार्यनिती नभएकोले कृषि क्षेत्र पछि गरेको र यसको बिकासका लागि राज्यले उपयुक्त निती बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।news24nepaltv


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.