-->
नेपाल र नामिबियाको खेल सिसिटिभीको निगरानीमा हुने, ६ सय सुरक्षाकर्मी परिचालन
Advertisement

आइसिसी विश्व क्रिकेट लिग  अन्तर्गत नेपाल र नामिबियाविरुद्ध ४ र ६ वैशाखमा हुने खेलका लागि ६ सयभन्दा बढी प्रहरी परिचालन हुने भएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालमा खेल आयोजनाका लागि सुरक्षा सर्त राखेको थियो। त्यसैले सरकारले खेलका लागि विशेष सुरक्षा टोली खटाउने भएको हो।
टियू मैदानमा खटिने प्रहरीलाई तालिम
टियू मैदानमा खटिने सुरक्षाकर्मीलाई विशेष तालिमसमेत दिइने भएको छ । ‘हामी प्रतियोगिताका लागि खटिने सुरक्षाकर्मीलाई तालिम दिनेछौँ,’ सिजापतिले भने, ‘उनीहरूलाई मैदानभित्र ‘के गर्नुहुन्छ र के गर्नहुँदैन भन्ने विषयमा सचेत गराउनेछौँ।’ प्रहरीले दर्शक बस्ने स्थानमा पनि सादा पोसाकका सुरक्षाकर्मी खटाउनेछ । प्रहरीले मैदानपट्टि फर्किएर खेल हेर्न पाउनेछैनन्। यसअघिका खेलमा सुरक्षाकर्मीले मैदानपट्टि फर्किएर बस्दा दर्शकले अभद्र व्यवहार गर्ने गरेका थिए।
११ वटा सिसिटिभी
नेपालमा पहिलोपटक सिसिटिभीको निगरानीमा क्रिकेट खेल सञ्चालन हुँदै छ। खेलको सुरक्षा संवेदनशीलतालाई हेरेर टियू मैदानमा ११ वटा सिसिटिभीसमेत जाडान गरिएको छ। ‘टियू मैदानको हरेक स्थानको गतिविधि सिसिटिभीमा निगरानी गरिनेछ,’ एसपी सिजापतिले भने, ‘हामी हरेक पल गतिविधिको विश्लेषण गर्दै सुरक्षा दिनेछौँ।’ आइसिसीले सिसिटिभीविना खेल सञ्चालन गर्न अस्वीकार गरेपछि टियू मैदानमा पहिलोपटक सिसिटिभी जडान गरिएको हो।
आइसिसी सन्तुष्ट
आइसिसीका एसिया डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुराले टियू मैदानको सुरक्षा कडा हुनेमा विश्वास गरेका छन्। उनले अहिलेसम्मको तयारी सन्तोषजनक पाइएको बताए।- Setopati


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.