-->
पाँच सैनिकसहित ६ जनाको मृत्यु
Advertisement

एडेन, ३० चैत-यमनको एक सहर एडेनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

एडेन सहरमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार बिहान भएको यस आत्मघाती आक्रमणमा ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका एक सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

सो आक्रमणमा परी पाँच सैनिकसहित ६ को मृत्यु भएको थियो । सो घटनामा पाँच सैनिकको घटनास्थलमै मृत्यु भएको र अन्य १० जना घाइते भएका जनाइएको छ ।

आत्मघाती आक्रमणकर्ता स्वयम्को पनि मृत्यु भएको बताइएको छ । यस आक्रमणमा यमनसँगआवद्ध अलकायदा आतङ्ककारीहरुको हात रहेको स्थानीय प्रहरी अधिकारीहरुले दावी गरेका छन् । रासस /सिन्ह्वा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.