-->
न्युयोर्कमा हुने कराते च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने !
Advertisement

काठमाण्डु, ८ वैशाख – अमेरिकाको न्युयोर्कमा हुने अन्तर्रा्ष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका तर्फबाट दुई खेलाडीले भाग लिने भएका छन् ।

यही वैशाख १२ गते हुने उक्त प्रतियोगीतामा नेपाली खेलाडीहरु जनकसिंह खड्का र सुनिल लामाले भाग लिन लागेकोे नेपाल कराते महासङ्घले जनाएको छ ।

महासङ्घद्वारा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष एवम् सितेरियो कराते सङ्घका अध्यक्ष दावा गुरुङले खड्कालाई सफलताको शुभकामनासहित राष्ट्रिय झन्डा प्रदान गर्दै बिदाइ गरे ।

उक्त च्याम्पिपयनसिपमा खड्काले ६७ केजीमुनि तौल समूहमा तथा अमेरिकामै रहेका अर्का खेलाडी लामाले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । खड्काले सन् २०१४ मा अमेरिकामा नै आयोजना भएको युएसए खुला ओपन कराते च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका थिए ।

त्यसैगरी आगामी जेठ १ गते क्यानडाको मोन्ट्रियलमा हुने मोन्ट्रियल खुला कराते च्याम्पियनसिपमा भाग लिन खड्का र लामा उतैबाट क्यानडा प्रस्थान गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.