८ वैशाख, रुकुम । पश्चिमी मग्मा–५ की विष्णुकुमारी खत्रीको हत्या अभियोगमा उनकै कान्छी बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।१८ वर्षीया सुनिता खत्रीलार्इ प्रहरीले पक्राउ गरेको हो । सुनिता र ७२ वर्षीया विष्णुको माइती जाने विषयमा घरायसी विवाद भएको थियो ।
अभियुक्त सुनिताका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा रहेकाले सासु बुहारीबीचमा बेला बखत घरायसी विवाद हुने गरेको थियो । उक्त दिन पनि बुहारीले “माइती जान्छु” भनेपछि सासूले फलामको चिम्टीले हिर्काएको र आफूबाट घाँटी थिचेर हत्या भएको स्विकारेको प्रहरी नायब निरीक्षक रुपेश खड्काले जानकारी दिए ।
अभियुक्त सुनितालाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद थप गरिएको छ । उनकी नौ महिनाकी छोरी पनि उनकै साथमा प्रहरी हिरासतमा छिन् ।
- अनलाइनखबर



0 comments
प्रतिक्रिया दिनुहोस्...