-->
दुई किशोरी एकैसाथ बलात्कृत
Advertisement

गौशाला – महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा दुई किशोरी एकैसाथ बलात्कृत भएका छन् ।

सुन्दरपुर–८ बस्ने १४ वर्षीया र १३ वर्षीया किशोरी एकैसाथ बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै किशोरी गत बिहीबार राति ९ बजेको समयमा सुन्दरपुर गाविस–८ बस्ने २५ वर्षीय विनोद यादव र २० वर्षीय कृष्ण यादवबाट बलात्कृत भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

गाउँको सडकमा हिँडेर जाँदै गरेका दुवै किशोरीलाई सडक पेटीमै ढुकेर बसेका दुवै युवकले स्थानीयवासी रामकृपाल यादवको घरमा लगी बलात्कार गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

बलात्कार गरी फरार दुवै युवकलाई गएराति जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको छ । उनीहरुमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.