-->
भूकम्प पीडित जापानीहरुको सहयोगमा जुटदै नेपाली समुदायहरु
Advertisement

बैशाख ७
जापानको दक्षिण पश्चिम क्षेत्र कुमामोतो राज्यमा गएको विनासकारी भूकम्पका कारण प्रभावित जापानीहरुको सहयोगार्थ नेपालीहरु एक जुट भएका छन ।
गत विहीवार र शनिवार गएको शक्तिशाली भूकम्पका कारण हजारौको सख्यामा स्थानियहरु शिविरमा वसोवास गर्दै आएको अवस्थामा नेपाली समुदायका अगुवाहरु सहयोगमा जुटेका हुन।
सहयोग कार्यक्रमको पहिलो चरणमा पाेषिलाे खाना तथा भिटामिन सहितको पिउने पानी पठाएकाे नेपाली समुदायको तर्फबाट भोली बुधवार ६ सय जनालाई नेपाली खाना खुवाईने कार्यक्रम राखिएको गैर आवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष सुदन थापाले नेपाल जापान डटकमलाई जानकारी दिनुभयो ।
नेपालीलाई विपतको वेला हरतहबाट सहयोग गर्ने जापानीहरुमा परेको वेला सहयोग गर्ने उदेश्यले खाना खुवाउने कार्यक्रम राखिएको थापाले बताउनुभयो । जसका लागि टोकियोबाट एनआरएनए जापानका पदाधिकारीहरुको टोली भूकम्प प्रभावित क्षेत्र तर्फहिडेको छ । एनआरएनए जापान क्युसु क्षेत्रीय समितिका संयोजक किरण वर्माका अनुसार भोलीको कार्यक्रममा सहभागिता जनाउन जापानवासी नेपालीहरुमा आग्रह गर्नुभएको छ ।
बुधवारको पहिलो चरणको खाना खुवाउने कार्यक्रम पछि थप सहयोगमा कार्यक्रम समेत आयोजना गरिने संयोजक वर्माले नेपाल जापान डटकमलाई बताउनु भयो । कुमामोतो क्षेत्रमा रहेका करिव २२० जना नेपालीहरुसंग सो अवसरमा प्रत्यक्ष भेटघाट समेत गरिने एनआरएनए जापानका सल्लाहकार जिज्ञानकुमार थापाले बताउनु भयो ।
कुमामोतो क्षेत्रमा सहयोगका लागि जुटेको टोलीमा टोकियोबाट एनआरएनए जापान अध्यक्ष थापा सहित उपाध्यक्षद्धय टासी वाङदी लामा, देवीलाल भण्डारी, सदस्य बावुराम भण्डारी तथा सल्लाहकार जिज्ञानकुमार थापा रहनु भएको छ ।
भूकम्प प्रभावित विदेशीहरुको अवस्था बुझदै विदेशी कृटनीतिक नियोगहरु
जापानको दक्षिण पश्चिम क्षेत्रमा कुमामोतो क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परेका विदेशी नागरिकहरुको उद्धारमा कुटनीतिक नियोगहरु स्वयम जुटेका छन ।
गत साता गएको भूकम्पका कारण सो क्षेत्रमा वसोवास गर्दै आएका १० हजार वढी विदेशी नागरिकहरुको विषयमा जापान सरकार चिन्तित रहेको अवस्थामा कुटनीतिक नियोग तथा सामाजिक संस्थाहरु स्वयम सहयोगमा जुटेका हुन । जसका कारण विदेशी नागरिकहरुको रेखदेखमा सहयोग पुगेको जापान सरकारका अधिकारीहरुले बताएका छन ।
यसैवीच जापान स्थित नेपाली दूतावासले कुमामोतो क्षेत्रमा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको जनाएको छ । भूकम्पका कारण एक नेपालीको रेष्टुरेन्टमा क्षति पुगेपनि मानविय क्षति भने नभएको दूतावासले जनाएको छ ।- NepalJapan.Com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.