बेरुत, सिरियाको उत्तरपूर्वी भागमा आइतबार गरिएको एक हवाई आक्रमणमा कम्तीमा २२ जिहादीको मृत्यु भएको एक मानवअधिकारीवादी समूहले जानकारी दिएको छ ।
सो आक्रमणमा अल कायदासँग आवद्ध अल नुस्रा फ्रन्टका प्रवक्ता र उनको छोरा र अन्य २० जिहादी मारिएका हुन् । अलकायदा आतङ्ककारी समूहसँगआवद्ध अल नुस्रा फ्रन्टको बलियो प्रभाव रहेको कफार जेलेस् इलाकामा सो हवाई आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको छ ।
प्रवक्ता अबु फिरस अल सुरी, उनका छोरा अन्य कम्तीमा २० जिहादीको मृत्यु भएको बताइएको छ । इद्लिब प्रान्तमा भएको यस हवाई आक्रमणमा उज्बेकिस्तानबाट आएका अल नुस्रा फ्रन्ट र जुन्द अल अक्साका जिहादीहरुको मृत्यु भएको अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले एएफपी समाचार समितिलाई बताउनु भएको छ । आक्रमण गरिएका युद्धकविमान सिरियाली सरकारसँग आवद्ध हो या रसियासँग आवद्ध सो भने प्रष्ट भएको छैन् ।
सिरियामा सरकारी बल र विद्रोहीबीच गत फेब्रुअरी २७ बाट सुरु भएको युद्धविराम सुरु भएको थियो । तर यस युद्धविराममा अल नुस्रा फ्रन्ट र इस्लामिक स्टेट भने सहभागीता जनाएको देखिएन् । रासस ÷एएफपीnews24nepaltv



0 comments
प्रतिक्रिया दिनुहोस्...