-->
सलमानसँग जोडिएकी यी युवती को हुन् ?
Advertisement

एजेन्सी: बलिउडका सुपरस्टार सलमान खानले फिल्मी उद्योगमा धेरै नयाँ अनुहारलाई स्थापित गरिसकेका छन्। 

सलमानले क्याटरिन कैफ, स्नेहा उलाल, जरीन खान हुन् या डेजी शाह सबैलाई उनैले हात थमाएर बलिउड उद्योगमा पाइला टेक्ने अवसर दिएनन् मात्रै स्थापित पनि गराए ।

उनी स्वच्छ छवि र मायालु मन भएका नायक सँगै उत्तिकै सहयोगी व्यक्तिकारुपमा पनि परिचित छन् । त्यही भएर बलिउडमा गायक हिमेश रेशमिया हुन् वा सलमानकी पूर्वप्रेमिका कैटरीनासहित अन्य कलाकारले आफ्नो सफलतामा सलमानको हात रहेको भन्दै दिने गरेका छन्। 

सलमान खान यतिबेला नयाँ फिल्म 'सुल्तान' को सुटिङमा व्यस्त छन्। उनले यहीबीचमा एक युवतीलाई बलिउडमा ब्रेक दिन लाग्दैछन् । 

सुल्तानपछि बनाउने अर्को फिल्मका लागि उनले नयाँ अनुहार बलिउडमा ल्याउने तयारी गरिरहेका हुन्। समाचार अनुसार उनले लण्डनमा जन्मिएकी १८ वर्षीया एनआरआई युवती पर्ल राहलाई बलिउड उद्योगमा चाडैं पाइला टेकाउने भएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले पर्लसँग गत वर्ष लण्डन जाँदा भेटेका थिए । त्यही भेटमा उनले पर्ललाई फिल्म उद्योगमा आउन निम्ता दिएका थिए। त्यसपछि उनीहरुबीच पटक पटक फोनमा पनि कुराकानी हुने गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ । 

पर्लको नजिकका साथीले बताए अनुसार पर्ल र सलमान एक असल मित्र हुन् । उनीहरुको सम्बन्धबारेमा भने केही भन्न मिल्दैन। पर्ल लन्डनको एक प्रसिद्ध विश्वविद्यालयमा विजनेस एडमिनिट्रेशनमा मास्टर्स गरिरहेकी छन्। मास्टर्सको कोर्स पूरा गरेर मुम्बइ नै आउने भएकी छन्।  

मुम्बई आउने भएपछि उनी अहिलेदेखि नै घरको खोजीमा रहेको बताइएको छ। पर्लकै लागि सलमानले नयाँ फ्ल्याट खोजीका लागि सहयोग गर्न आफ्ना साथीहरुलाई आग्रह गरेका छन्। 

पर्ल भने सलमानको माध्यमबाट बलिउडमा स्थापित हुन चाहन्छिन्। सलमानको सुल्तानपछि आउने फिल्म 'दबङ-३'मा पर्लले चान्स पाउँछिन् की पाउँदिनन् त्यो भने पर्खाइको विषय भएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.