
तर, नन्दगाउँका सबैजना मध्ये एकजना थिइन्- राधा जसले कृष्णको बाटो छेक्ने प्रयत्न गरिनन्। जब उनकी सखीहरूले सोधे कि कृष्ण त तिम्रो लागि प्राणभन्दा प्यारो थियो भने किन उसको बाटो छेक्दैनौँ, तब राधाले भनिन् कि ‘जो पवनसरी फैलिएको छ, जो पानीसरी बगेको छ, उसको बाटो म कसरी छेक्न सक्छु? मैले छेक्दैमा के पवन रोक्किन्छ र? के पानी बग्न छोड्छ र? जसरी पवन सबैको हो, पानी सबैको हो, त्यसरी नै कृष्ण पनि सबैको हो।”
यस्तो ज्ञानगुनको कुरा गर्ने राधाले पनि एकचोटि श्रीकृष्णसँगको बिछोडदेखि भयभित भएर कृष्णसँग विवाह गर्ने प्रस्ताव राखिन्। तब श्रीकृष्णले मुस्कुराउँदै भने- “हे राधे! विवाहको लागि त दुई व्यक्तिको आवश्यकता पर्दछ- एक वर र अर्को वधु! तर, हामी त एक हौँ, हाम्रो विवाह कसरी हुन सक्छ?”rochaknepalipost


0 comments
प्रतिक्रिया दिनुहोस्...