-->
पारसले पुरा गरे आफ्नो बाचाः साँच्चिकै कप्तानी पारी
Advertisement

बैशाख, काठमाडौं ।गत वर्ष विश्वकप क्रिकेटको छनौट खेलमा आयरल्याण्डसँग निराशाजनक नतिजापछि नेपाली टिमका कप्तान पारस खड्काले भनेका थिए, “हामी यो खेल विर्सिन चाहन्छौं”।

आयरल्याण्डसँग हारेपछि नेपाल विश्वकप खेल्न बञ्चित हुने आधार तयार भएको थियो । उक्त दिनलाई उनले “सबैभन्दा खराव दिन” भनेका थिए । त्यतिबेला चर्चित क्रिकेट साइट क्रिक इन्फोले पारस खड्काको भनाइसहितको हेडलाइन बनाएको थियो ।

झण्डै एक वर्षपछि पारस खड्काले आफू किन कप्तान भन्ने कुराको पुष्टी मात्र गरेनन् अन्तराष्ट्रिय एकदिवसिय खेलमा धेरै सर्वाधिक रन समेत बनाए । धर्मराएको टिमलाई आत्मविश्वास प्रदान गर्दै पारसले ९४ बलमा १०३ रनको विशाल पारी खेले ।

पारसले नामिबियासँगको खेलमा कप्तानी पारि खेल्दै ढलमलाएको टिमलाई घरेलु मैदानमा इज्जत जोगाउने र दर्शकलाई निरन्तर हुटिङ गर्ने वातावरण तयार मात्र गरेनन् आफ्नै ब्यक्तिगत रेकर्डमा समेत नाटकीय सुधार गरे । यद्यपी उनी फिनिसिङ गर्नबाट भने चुके । तर नेपालको जित उनले सुनिश्चित गरिदिएका कारण मात्र सम्भव भएको हो ।

क्रिकेटमा कहिल्यै नतोडिने रेकर्डः १ बलमा २८६ रन

नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड

गत वर्ष उनले भनेका थिए, “यदि हाम्रो लक्ष्य वान डे इन्टरनेशनल हो भने अहिले हामी यि सबै टिमविरुद्ध खेल्न सक्नुपर्छ । यहाँको अवस्थालाई दोष दिएर हुँदैन । हामी जहाँ गए पनि राम्रो खेल्नै पर्छ ।” “वास्तवमै हामी जुन वातावरणमा अभ्यस्त भएका छौं, यहाँ त्यस्तो छैन तर, क्रिकेटको सुन्दरता भनेकै यही हो– फरकफरक ठाउँहरुमा अन्तर्राष्ट्रिय खेलहरु भइरहन्छन् ।”

पारसले त्यतिबेला क्रिक इन्फोसँग भनेका थिए, “आगामी खेलहरुमा पूरै ताकत लगाएर सकेजति उत्कृष्ट खेल्ने छौं, अवश्य पनि परिणाम राम्रै हुनेछ ।” “हामीले अगाडि बढ्नका लागि ध्यान केन्द्रित गर्नु जरुरी छ । अवसर छ, तर त्यो प्राप्त गर्न हामीमा भोक कति छ भन्ने मुख्य कुरा हो । जति धेरै चाह उती राम्रो परिणाम । हामीसँग संभावना र कौशल छ, अब यसलाई संख्या र प्रस्तुतिमा उतार्नपर्छ । हाम्रो एकता र सामूहिक भावनाले अवश्य हामी अगाडि बढ्ने छौं ।”

हामी जुनसुकै मूल्य चुकाएर पनि नेपालका लागि खेल्छौं – पारस खड्का

पारस खड्काले भने- हामी शक्ति गौचनलाई समात्न सक्दैनौ..

पारसले त्यतिबेला बोलेको कुरा अहिले आएर पुरा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थित मैदानमा कप्तानी पारी खेल्दै पारसले नामिबियामाथि दोश्रो जित दर्ज गर्ने निश्चित गराएर घरेलु दर्शकलाई भरपुर आनन्द र शान प्रदान गरे । कतिपयले समय समयमा उठाउने गरेको कप्तानीमाथिको प्रश्नमा पारसले मुखभरीको जवाफ दिएका छन् । यो प्रतियोगितामा म्यान अफ दि म्याच नभएपनि पारस साँच्चिकै म्यान अफ दि म्याच बनेका छन् । कप्तान पारसलाई सलाम !nepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.