काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबिया विरुद्धको खेलमा शतक पूरा गरेका छन्।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उनले ९४ बलमा ७ छक्का र ५ चौकाको मद्दतले १ सय ३ रन बनाए। उनको लिस्ट ए क्रिकेटमा सबैभन्दा उच्च स्कोर हो। यसअघि उनले आइसिसी लिग च्याम्पियनसिपमा ७७ रन बनाएका थिए।
१९ जुलाइ २०१५ मा स्कटल्याण्ड विरुद्धको खेलमा पारसले ७७ रन बनाएका थिए। स्कटल्याण्डको कम्बस्डनमा भएको खेलमा उनले ५७ बलमा पाँच चौका र २ छक्काको मद्दतले ७७ रन बनाएका थिए। यद्यपी नेपालले यो खेल ३ रनले गुमाएको थियो।
पारस लिष्ट ए क्रिकेटमा शतक बनाउने दोश्रा खेलाडी हुन्। उनीअघि अनिल मण्डलले स्कटल्याण्ड विरुद्धकै खेलमा १०० रन बनाएका थिए।
सोमबारको खेलमा नामिबियाले नेपाललाई २ सय ४० रनको लक्ष्य दिएको छ। जसमा पारसले शरद भेषावकरसँग मिलेर २ सय ४ रनको साझेदारी गरेका छन्।- पहिलोपोस्ट



0 comments
प्रतिक्रिया दिनुहोस्...