-->
मलेसियामा कार्यरत सोम ओछ्यानमै मृत भेटिए
Advertisement

जोहर: मलेसियामा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ ।
मलेसियाको जोहर राज्यको पीटीपीमा रहेको फ्लोसेटोनिक कम्पनीमा कार्यरत बर्दियाका सोम मगरको सुतेकै अवस्थामा ओछ्यान मै मृत्यु भएको हो ।
शुक्रबार आफ्नो नियमित ड्यूटी गरेर फर्केका उनी राति कोठामा सुतेका थिए । शनिबार बिहानसम्म नउठेपछि उनलाई बोलाउन गएका साथीले सोमलाई मृत अवस्थामा भेटेको उनकै कम्पनीमा कार्यरत मोरङका कमल आचार्यले जानकारी दिए ।
मगरको शव पोष्टमार्टमका लागि जोहरको सुल्तान अस्पतालमा राखिएको छ ।
पछिल्लो समय मलेसियमा बेलुका सकुशल सुतेका व्यक्ति बिहान मृत भेटिने संख्या बढ्न थालेको छ ।
-अन्नपूर्ण पोस्ट्


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.