-->
घर नजिकै खेलीरहेकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार
Advertisement

चैत २०, नवलपरासीको कावासोतीमा घर नजिकै खेलीरहेकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।
तीन जनाको समूहमा आएका युवाहरुले विहीबार सांझ घर नजिकै खेलीरहेको अवस्थामा समातेर फुटबल चौरमा लगेर सामुहिक बलात्कार गरेका हुन् ।
बालिकामाथि ३ जनाले सामुहिक बलात्कार गरेको र तिनहरुको पहिचान समेत भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताएका छन् ।
प्रहरीले बलात्कारमा संलग्न तीनजना भने फरार रहेको जनाएको छ । उनीहरुका नाममा किटानी जाहेरी समेत परेको छ । विहीबार राति उक्त घटना घटेको र गाउंलेहरुले शुक्रबार घटनाको बारेमा थाहा पाएर प्रहरीमा उजुरी गरेका छन् ।
उक्त घटनापछि बालिकालाई मेडिकल रिपोर्टका लागि अस्पताल पठाइएको र उनको अवस्था अहिले सुधारउन्मुख रहेको जनाइएको छ।
- DCnepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.