-->
प्रत्युषाको हत्या वा आत्महत्या? रहस्यमय ब्वायफ्रेन्डको व्यवहार
Advertisement

चर्चित बनेको भारतीय सिरियल ‘बालिका बधू’मा आनन्दीको भुमिका निभाउदै आएकी प्रत्युषा बनर्जीले शुक्रबार बेलुका झुण्डिएर आत्महत्या गरेकी छिन्। भारतीय मिडियाले उनको शरिरमा चोटको निशान भएको बताएका छन्। आनन्दीसंगै अभिनय गर्ने केही कलाकारहरुले आनन्दीको ब्वायफ्रेन्ड राहुल राज सिंह माथी प्रश्न उठाएका छन्।
प्रत्युषाले पहिले पनि आत्महत्याको कोसिस गरेको उनको पुरानो ब्वाईफ्रेन्डको हवाला दिदैँ भारतीय मिडियाले लेखेका छन्। प्रत्युषाले वहस हुँदा गर्दै कुदिँरहेको कारको अगाडी हामफाल्ने कोसिस गरेकी थिइन।
दैनिक भाष्कर लेख्छ, ‘एक दिन पहिले नै आफ्नो ब्वायफ्रेन्डसंग राहुल राज सिंहको झगडा परेको थियो। प्रत्युषालाई शंका थियो की उनको ब्वायफ्रेन्ड अन्यसंग अफेयरमा छन्।’
साथै प्रत्युषाको मोबाइल फोनमा अन्तिम कल उनको ब्वायफ्रेन्डसंग थियो। राहुलले त्यो अन्तिम कुराकानीले समस्या पार्छ भन्ने ठाने। त्यसैले प्रत्युषालाई अस्पताल पुर्याएपछि उनी फोन लिएर त्यहाँबाट अचानक निस्किएको बताइएको छ।
अन्तिम म्यासेज
प्रत्युषा एक महिना देखि डिप्रेशनमा थिइन। बालिका बधु छोडेपछि बिक्रम भट्टले आफुलाई फिल्म अफर गरेको बताएकी थिइन। फिल्म बन्न सकेन।
उनको ब्वायफ्रेन्डसंग झगडा परिरहन्थ्यो। पछिल्लो दिन राहुलले उनलाई जन्मदिनको अवसरमा पार्टी पनि दिएका थिए। यी दुइले विवाह गर्नेसम्म घोषणा गरिसकेका थिए। केही समय देखि संगै पनि बस्दै आएका थिए।
आत्महत्या हुनु अघि प्रत्युषाले ह्वाट्सएपमा स्टाटस लेखेकी थिइन, ‘मर के भी मुंह न तुझसे मोड़ना’
प्रत्युषाको मृत्युलाई लिएर आत्महत्या र हत्या दुवै खाले आशंका गरिएको छ। दह्रो मनकी थिइन प्रत्युषा, उनले आत्महत्या गर्न नसक्ने उनका नजिकी साथीहरुले बताएका छन्।
प्रत्युषाको आत्महत्याको रहस्य भने प्रहरीको जाँच र पोस्टमर्टम रिपोर्ट पछि नै बाहिर आउला।
- Nepaliheadlines.com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.