पाँचथर, २९ चैत । पाँचथर भारपा गाविस–५, स्थायी घर भई साउदी अरेबियामा ‘अन्नपूर्ण गेष्ट हाउस’ सञ्चालनगर्ने श्रीप्रसाद यवाले आफ्नै लगानीमा आफ्नै गाँउमा ३ किलोमिटर मोटरबाटो उदघाटन तयारी पूरा भएको छ ।
दुई दशकभन्दा बढि समय गाँउको प्रधानपञ्च चलाएका होमप्रसाद यवाका नाति श्रीप्रसादले मेची राजमार्गको डोपकिले नजिकैदेखि आफूले अध्ययन गरेको मानेडाँडा निम्न माध्यमिक विद्यालय सम्म ३ किलोमिटर भन्दा बढी मोटरबाटो खनाएका छन ।
दश बर्ष भन्दा बढि समयदेखि साउदी अरेवियामा रहेका श्रीप्रसादले करिब २० लाख रुपैँया लगानी गरी मोटरबाटो निर्माण गरेका हुन् ।
मोटरबाटो निर्माण सम्पन्न भएपछि बाटोलाई संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले उदघाटन गर्ने कार्यक्रम तय भएको स्थानीय दिपक खनालले बताए । खनालका अनुसार जिल्लाका दुवै क्षेत्रका सांसदहरु, सरकारी प्रमुखहरुको उदघाटन स्थलमा उपस्थिती रहने बताए ।
नेपाल पत्रकार महासघ शाखामा आईतबार पत्रकार सम्मेलन गरी बाटो उद्घाटनका जानकार मधु आजीत केरुङले बाटो उदघाटन बैशाख १ गते हुने जानकारी गराए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...