-->
श्रीमानले जबरजस्ती गरेकाे भन्दै ओखलढुङगामा श्रीमतीले गरीन उजुरी
Advertisement

ओखलढुंगा / ओखलढुंगामा आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै एक महिलाले प्रहरीमा उजुरी गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पहिलो पटक श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतिले वैवाहिक बलात्कारको घटना दर्ता गरेको प्रहरीले जनाएकोछ । च्यानम ८ का २९ वर्षिय नारायण वहादुर बस्नेत विरुद्ध उनकी २४ वर्षिय श्रीमतीले बलात्कार गरेको आरोपमा उजुरी गरेकी हुन् ।
उजुरीमा मादक पदार्थ सेवन गरी कुटपिट गर्नुका साथै यौन जन्य हिंसा गर्ने गरेको बताइएको छ । बारम्वार यस किसिमको घटना हुने गरेको र प्रहरी चौकि कोषहाटमा मिलापत्र गराइएको भएपनि चैत्र १५ जवरजस्ती वलात्कार गरेका कारण मुद्धा दर्ता गराएको महिलाको आरोप छ ।
आरोपि श्रीमान बस्नेतलाई आज जिल्ला अदालत ओखलढुगां लगी म्याद थप गरीएको जिल्ला प्रहरी कार्यालय ओखलढुगांले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ । श्रीमतिको स्विकृतिविना श्रीमानले यौन सम्बन्ध राख्न नपाईने कानुनी प्रावधान छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.