सन्नी विगतको पोर्नस्टार छविका कारण बलिउडमा उनले बलिउडका 'ए लिस्टर' अभिनेताहरूलेसँगै काम गर्दैनन् भन्ने मान्यता भत्किने क्रम सुरू भएको छ। स्क्रिन सेयर मात्र हैन सन्नी त्यस्ता स्टारहरूको सामाजिक जीवनको हिस्सा पनि बन्न थालेकी छन्।
यसैक्रममा सन्नी बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खानको पार्टीमा पाहुने बनेकी छन्। आमिरले सन्नीलाई आफ्नो घरमा आयोजना भएको एक पार्टीमा बोलाएका हुन्। पार्टीमा सहभागी हुन सन्नी बिहिबार मध्यरातमा आफ्ना पति र भाइसँग पुगेकी थिइन्।
भारतीय मिडियाले यसले सन्नी छिट्टै आमिरसछग फिल्मी पर्दामा देखिनेतर्फ संकेत गरेको अनुमान लगाएका छन्।
गत वर्ष एक टिभी अन्तरवार्तामा अन्तरवार्ताकारले सन्नीको विगत कोट्याउँदै बलिउडमा आमिर, शाहरूख जस्ता कलाकारले उनीसँग काम गर्लान भनेर सोधेपछि सो अन्तर्वार्ताको चर्को आलोचना भएको थियो।
आमिरले सन्नीको समर्थन गर्दै आफूलाई सन्नीसँग काम गर्न कुनै आपत्ति नरहेको बताएपछि सन्नी र आमिरको मित्रता बढेको हो। बलिउडका 'ए लिस्टर' कलाकारले सन्नीलाई साथ दिने बताउँदै आएका छन्।
यसैक्रममा सन्नीले शाहरूख खानको आगामी फिल्म 'रईस'मा शाहरूखसँग एक गीतमा नाच्ने पक्का भइसकेको छ।
-Setopati



0 comments
प्रतिक्रिया दिनुहोस्...