-->
नरेन्द्र मोदीलाई प्रचण्डले दिए खुला चुनौती
Advertisement

ललितपुर, १९ चैत– एमाओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई नहेप्न चेतावनी दिएका छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा प्रचण्डले नेपालको आन्तरिक मामिलामा जथाभावी टिप्पणी गरेर नहिंड्न चेतावनी दिएका हुन् । प्रचण्डले भारत वा विदेशी शक्तिको हेपाई स्वीकार्य नरहेको बताए । ]
उनको संकेत ईयू–भारत सम्मेलनपछि जारी संयुक्त विज्ञप्तितर्फ लक्षित थियो । ब्रसेल्समा केही दिनअघि सम्पन सम्मेलनले नेपालको संविधान अपूर्ण रहेको भन्दै पूर्णता दिन नेपालका राजनीतिक दललाई आग्रह गरेको थियो ।
‘युरोपेली युनियन र भारतले थाती रहेका विषय सम्बोधन गर भनेको कुरालाई हामीले गम्भीरतापूर्वक लिएका छौं’, उनले भने, ‘कसैको दबाबसामु झुक्दैनौं, बरु संघर्षमा उत्रन्छौं ।’
प्रचण्डले मधेसी मोर्चाले संविधानप्रति देखाएको असन्तुष्टि नेपालको आन्तरिक मामिला भन्दै त्यसबारे प्रश्न गर्ने अधिकार विदेशीलाई नरहेको प्रष्ट्याए ।
‘हाम्रो आन्तरिक मामलाको सम्बोधन गर्न हामी आफैं सक्षम छौं’, उनले भने, ‘संविधानमा के राख्ने र के नराख्ने भन्ने विदेशीले सिकाउन जरुरी छैन ।’
kathmandutoday


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.