-->
भारतले दिएन जापान बाट ल्याउनुपर्छ
Advertisement

आइतबार, २१ चैत
उदयपुर। सिमेन्ट उत्पादन गर्ने मेसिन बिग्र्रेपछि जिल्लाको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग विगत १५ दिनदेखि बन्द छ ।
मेसिनका उपकरण जापानबाट आपूर्ति हुन कठिनाइ हुँदा सिमेन्ट उत्पादन कार्य पूर्ण रुपमा बन्द हुन पुगेको सो उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताउनुभयो । उद्योगको धेरै सामान जापानको कावासाकी कम्पनीले उपलब्ध गराउँदै आएको छ भने साना सामान उपलब्ध गराउन तयार नहुँदा उद्योगलाई कठिनाइ हुने गरेको छ ।
“ भारतीय कम्पनीबाट ल्याइने सामानको ग्यारेन्टी नहुँदा जापानबाट मगाउनुपर्ने बाध्यता छ ” पौडेलले भन्नुभयो । उद्योगको उपकरण फेर्न करिब रु चार करोड लागत लाग्ने बताइएको छ । उद्योग बन्द हुँदा अहिले दैनिक रु एक करोड घाटा हुने गरेको छ ।
दैनिक ८०० टन सिमेन्ट उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योग यसअघि पनि पटक–पटक बन्द हुने गरेको थियो । रासस
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.