
झापालखनपुर–१ स्थायी घर भई विगत दुई वर्षदेखि रवि बजारमा सुनचाँदी ज्वेलरी सञ्चालन गरेर बस्ने भीम घिमिरे घतानी भनिने मीनबहादुर विश्वकर्मालाई सार्वजनिक गरेको हो । उनलाई गत शुक्रबार नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौँको सहयोगमा राजधानीबाट पक्राउ गरी शनिबार बेलुका फिदिम ल्याइएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
घटनामा अर्को एक व्यक्ति पनि संलग्न रहेकाले उनको खोजी कार्य भइरहेको उनले बताए । रवि बजारमा रिचार्ज कार्ड र चुरोटको थोक विक्रेता गर्ने रेग्मी चैत १ देखि डिसहोम बनाउन छिमेकी गाविस सराङडाँडा जाने भन्दै बेपत्ता भएका थिए । बेपत्ता भएको तीन दिनपछि उनको शव इलाम फुयातप्पा–५ मा बिहान–९ बजेतिर प्रहरी र स्थानीयले चन्द्रप्रसाद खनालको बारीमा फेला पारेका थिए ।
रेग्मीलाई विकले सुनचाँदी धरौटीमा राख्न दिने गर्दथे । विकले ग्राहकको अहिलेसम्ममा झन्डै ३५ लाख रुपैयाँ बराबरको सुनचाँदी रेग्मीकामा धरौटी राखेको र उक्त रकम तिर्न नसक्ने भएपछि एक जना सहयोगीको भरमा रेग्मीलाई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रनाउ कोइरालाले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...