एजेन्सी । भारतको केरलाको कोल्लम जिल्लामा एउटा सनसनीपूर्ण खुलासा भएको छ ।
पुतिङ्गल दुर्घटनाका क्रममा आफ्ना छोराको मृत्यु भएको भन्दै एउटा परिवारले अस्पताल लगेर मृत शरीरको अन्तिम संस्कार गरेर घर फर्किए । तर उनको दाहसंस्कार गरेको केही बेरमा नै फोन आयो र उनी दुर्घटनापछि जीवित रहेको खुलासा भयो । ‘द हिन्दुस्तान टाइम्स’ का अनुसार प्रमोद नाम गरेका ती युवा पुतिङ्ष्ल मन्दिरका लागि पटका जम्मा गर्ने ठेकेदारसँग काम गर्दथे ।
तर मन्दिरमा पटका भण्डार गर्ने स्थानबाटै आगो लागेपछि उनी अचेत भएका थिए । दुई दिनपछि होस आएलगत्तै उनले २५ किलोमिटर टाढा रहेको आफ्नो घरमा फोन गरे ।

उनीहरुले अर्को कुनै प्रमोद नाम गरेको व्यक्तिको शव लगेर दाहसंस्कार गरेको पाईयो । प्रमोदको शब भन्दै दाहसंस्कारका लागि दिएको शब कसको थियो भन्नेबारेमा अधिकारीहरुले पहिचान गर्ने कोशिस गरिरहेका छन् ।
२९ वर्षीय प्रमोदले आफू जिउँदै रहेकोमा आफैलाई आश्चर्य लागेको भन्दै पुर्नजन्म भएको बताएका छन् । केहीदिनअघि भएको उक्त घटनामा परी कम्तिमा पनि ११० जनाको मृत्यु भएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...