काठमाडौं, ८ वैशाख । चाडपर्वमा विभिन्न छुटहरु प्रदान गर्दै आइरहेको सेवाप्रदायक नेपाल टेलिकमले अहिलेसम्मकै छुट योजना सार्वजनिक गरेको छ ।
टेलिकमले आगामी जेठदेखि वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई निःशुल्क सिम वितरण गर्ने निर्णय गरेको हो । यस्तो छुट यसअघि दिइएको थिएन् ।
सेवा सुधार गर्ने योजनाअनुसार टेलिकमले विदेश गएका व्यक्तिका परिवारलाई अबदेखि निःशुल्क सिमकार्ड दिने भएको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।
विदेशिएका व्यक्तिलाई परिवार र देशसँग आत्मिएता जोडिराख्न टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको उनको भनाई छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...