सिंहदरबार घेराउ कार्यक्रमका लागि तराई मधेशका जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता ओसारिएको छ। आन्दोलनकारीहरू अनुसार विभिन्न नाकामा धर्नामा बस्ने जिम्मेवारीहरू छुट्याइएको छ ।
जसमा सर्वसाधारणको प्रयोगमा आउँने दक्षिणी गेट घेराउ गर्ने नेतृत्व सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लिएका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माइतीघर तर्फबाट सिंहदरबार घेर्ने कार्यक्रम तय गरिएको छ।
दक्षिणी गेटमा महन्थ ठाकुर नेतृत्वको तमलोपा, महेन्द्र यादवनेतृत्वको तमसपा नेपाल, शरतसिंह भण्डारीनेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादवनेतृत्वको फोरम गणतान्त्रिकका कार्यकर्ताहरू रहनेछन्।
नयां बानेश्वर ३ नम्बर गेटबाट बिजुली बजार हुँदै हनुमानथानसम्म जुलुस र त्यसपछि प्रहरीको घेरा तोडेर दक्षिणी गेटसम्म पुग्ने योजना महतोको रहेको स्रोतले बताएको छ। सरकारले हनुमानथान क्षेत्रलाई निषेधित क्षेत्रको रुपमा लिँदै आएको छ। नागरिक दैनिकमा खबर छ ।nepaliheadlines



0 comments
प्रतिक्रिया दिनुहोस्...