गठबन्धनले माईतिघर र हनुनमानस्थान नजिकै रहेको भाटभटेनी सुपरमार्केट अगाडी बसेर धर्ना दिईरहँदा सिंहदरबार आसपास २५ सय भन्दा बढी प्रहरी फिल्डमा उत्रिएका छन् । रातोपाटीकर्मी भरत पाण्डेका अनुसार गठनबन्धनका कार्यकर्ता र प्रहरीको संख्या करिब बराबरी रहेको छ ।
गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउका क्रममा अप्रिय घटना हुन नदिन जनपथ प्रहरीका एसपी प्रधुम्न कार्कि र शसस्त्र प्रहरीका एसपी कालिदास धौभजुको कमाण्डमा २५ सय भन्दा बढी प्रहरी परिचालन गरिएको छ । शसस्त्र प्रहरीका डिआईजी दिवाकर केसीले फिल्डमा रहेका कमाण्डरसँग समन्वय गर्नेगरी पाँच सय ५६ जना शशस्त्र प्रहरी फिल्डमा पठाईएको शसस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र खनालले जानकारी दिए ।
खनालका अनुसार शसस्त्रले पाँच सय भन्दा बढी प्रहरी रिजर्व राखेको छ ।
यता जनपथ प्रहरीले महानगरीय प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाले समन्वय गर्नेगरी एसपी प्रधुम्न कार्किको कमाण्डमा दुई हजार भन्दा धेरै प्रहरी फिल्डमा खटाएको छ ।
‘चार सय भन्दा धेरै प्रहरी रिजर्भ राखेका छौं’ महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले भने, ‘फिल्डमा दुई हजार भन्दा बढी प्रहरी परिचालन गरेका छौं, आवश्यकता अनुसार संख्या बढाउँछौं ।’
आन्दोलनकारी माईतिघर मण्डलाबाट सिंहदरबार दक्षिणढोकातर्फ अगाडी बढ्न खोजेका छन्, भने प्रहरीले काँडेतार सहित उनिहरुलाई रोकिरहेको छ । यता भाटभटेनीबाट हनुमानस्थानतिर अगाडी बढ्न खोजेका आन्दोलनकारीहरुलाई पनि प्रहरीले दक्षिणढोकातर्फ अगाढी बढ्नबाट रोकेको छ ।
गठबन्धनमा आवद्ध १७ दलका कार्यकर्ता माईतिघर मण्डलामा बसेर नाराबाजी गरिरहेका छन् भने १९ दलका नेता कार्यकर्ताले हनुमान स्थानको मोर्चा संहालेका छन् ।
ratopati



0 comments
प्रतिक्रिया दिनुहोस्...