जेठ १०
राकम-निर्माणकार्य सुरु भएको १० वर्ष पछि भेरी पुल उद्घाटन भएको छ। छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको राकम र सल्यानको सल्लीवजार जोड्ने भेरी पुल निर्माण कार्य सुरु भएको ९ वर्ष ११ महिना पछि सम्पन्न भएको छ।
सम्झौता हुँदा २ करोड ७० लाखको लागतमा दुइ वर्ष भित्र वन्ने भनिएको उक्त भेरी पुल १० वर्ष पछि झन्डै १३ करोडमा बनेको छ। कुल १२ करोड ८६ लाख रकममा निर्माण सम्पन्न भएको उक्त पुलको उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छेदारले सोमवार एक कार्यक्रमकाबीच उद्घाटन गरे। पुल उद्घाटन गर्नका लागि सेनाको हेलिकोप्टरवाट मन्त्री गच्छेदार राकम पुगेका थिए। विहान ११ वजे पुल उद्घाटनको कार्यक्रम राखिएपनि ठूलो हावाहुरी र पानीले कार्यक्रम ढिलो भएको थियो। सुर्खेत, जाजरकोट र सल्यानका जनताको वाक्लो उपस्थितीकाबीच पुल उदघाटन गर्दै मन्त्री गच्छेदारले नेपालमा विकास गर्न दलका नेतामा धेरै इच्छा शक्ति भएपनि प्राकृतिक विकटताले वाधा गरेको बताए। भौगोलिक विकटताले आफुहरुको विकास गर्ने चहानालाइ वाधा पुर्याएको उनले बताए।
भेरी पुल निर्माण गरेर सरकारले दुर्गम जाजरकोट र डोल्पाको विकासमा महत्वपूर्ण काम गरेको बताए । कार्यक्रममा काँग्रेस नेता पुर्णवहादुर खड्का र एमाले नेता प्रकाश ज्वाला सहभागि भएपनि पानी परेका कारण उनीहरुले मन्तव्य राख्न पाएनन् भने गृहमन्त्री शक्ति वस्नेत पनि कार्यक्रममा आएनन्। पुल निर्माणका लागि दुइ चरणमा सम्झौता भएको सडक विभागले जनाएको छ। पहिले पिलर र जग निर्माणका लागि २०६३ असार २९ गते र दोस्रो स्टील पार्ट र डेक सल्यावका लागि २०६३ असार २४ गते सम्झौता भएको विभागले जनाएको छ। हाल सम्म पुन निर्माणको लागि १२ करोड ८६ लाख रुपैया भुक्तानी भएको सडक डिभीजन कार्यालय सुर्खेतका प्रमुख वेलबहादुर भुजेलले बताए। दुइ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएपनि निर्माण व्यावसायी र सरकारी निकायको जुहारीका कारण पुल निर्माणमा निकै ढिला भएको हो।
सुरुमा स्वच्छन्द काष्ठमण्डप निर्माण सेवा काठमाडौंले आधा र अन्य ५ वटा कम्पनीको जेभीमा पुल निर्माण कार्य सकिएको हो। पुल निर्माणका क्रममा निर्माण व्यावसायीको लापरवाहि रहेको सरकारी पक्षले पटक पटक आरोप लगाउदै आएको थियो भने पिलर र जग निर्माणको जिम्मा लिएका स्वच्छन्द काष्ठमण्डप निर्माण सेवाका प्रोप्राइटर जयराम लामिछाने सरकारी पक्षले गरेको गलत स्टमेटका कारण काम ढिलो भएको बताउँदै आएका थिए। पछिल्लो चरणमा सरकारी पक्षले पुलको डिजाइन स्टमेट परिवर्तन गर्न सहमत भएका कारण निर्माणको काम सकिएको लामिछानेले बताए। जाजकोट, रुकुम र सल्यान तथा कर्णाली अन्चलका डोल्पा र जुम्ला जिल्लाको विकास र यातायात सम्पर्कको प्रमुख सेतुको रुपमा रहेको भेरी पुल लामो समय अलपत्र पर्दा धेरै दुख पाएको ती जिल्लाका सर्वसाधारणको प्रतिक्रिया छ। पुल निर्माणका काममा ढिलाइ गरेर एक दशक लगाउँदा स्थानीयले १८ वर्ष पुरानो फेरीवाट निकै कष्टपुर्ण यात्रा गर्न वाध्य भएका थिए। वर्षातका वेला वालवालिका र , वृद्धवृद्धा र महिला तथा अपांगहरुले झन वढी सास्तीपुर्ण यात्रा गर्नु परेको थियो।नागरिक न्यूजबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...